३० फाल्गुन २०८२, शनिबार

अर्थतन्त्र

एनआरएनए र टोयोटा नेपालका प्रतिनिधिहरूबीच सम्भावित सहकार्यका लागि बैठक सम्पन्न

एनआरएनए र टोयोटा नेपालका प्रतिनिधिहरूबीच सम्भावित सहकार्यका लागि बैठक सम्पन्न

नेपाल । गैर-आवासीय नेपाली संघ (एनआरएनए) र टोयोटा नेपालका प्रतिनिधिहरूबीच सम्भावित सहकार्यका लागि बैठक सम्पन्न भएको छ । बैठकमा आपसी सहकार्यका साझा आधार पहिचान गर्न छलफल केन्द्रित थियो । एनआरएनएले ‘सोसल पार्टनरशिप प्लान २.०’ र अन्य प्रायोजन अवसरहरू, विशेष गरी आगामी कार्यक्रमहरूमा सहकार्यका सम्भावनाहरूलाई प्राथमिकताका साथ प्रस्तुत गरेको थियो । टोयोटा नेपालका प्रतिनिधिहरूले एनआरएनएका परियोजनाहरूका लागि आवश्यक सवारीसाधन आपूर्तिमा सहकार्यको सम्भावनालाई जोड दिएका थिए । बैठकमा टोयोटा नेपालबाट रेखा शाह कार्की (डीजीएम– बिक्री तथा मार्केटिङ), महेन्द्र श्रेष्ठ (वरिष्ठ बिक्री प्रबन्धक) र सन्तोष कार्की (बिक्री प्रबन्धक) सहभागी हुनुहुन्थ्यो भने एनआरएनएबाट उपाध्यक्ष रोजिना प्रधान राई, प्रमुख कार्यकारी अधिकृत, राजेन्द्र कुमार राउत र अधिकृत कुनाल मिश्र उपस्थित हुनुहुन्थ्यो । टोयोटा नेपालले आगामी चरणहरूको...
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त संस्था घोषणा !

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त संस्था घोषणा !

नेपाल । नेपालको एक विकास बैंकलार्य नेपाल राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बुधबारको बैठकले नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो । समस्याग्रस्त घोषणासँगै उक्त बैंकको सम्पूर्ण व्यवस्थापन राष्ट्र बैंकले लिएको छ । ...
नेपाली शेयर बजार २८.९१ अंकले बढ्यो

नेपाली शेयर बजार २८.९१ अंकले बढ्यो

नेपाल । नेपालमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अंक अर्थात् १ दशमलव ११ प्रतिशतले बढेर २ हजार ६१२ दशमलव २० विन्दुमा पुगेको छ । विभिन्न ३२८ कम्पनीका ८९ लाख ८ हजार ८५१ कित्ता शेयर ५५ हजार ९३८ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६०३ रुपैयाँमा कारोबार भएको छ । सोमबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।...
हेटौंडाको चुरियामाई सुरुङमार्ग पर्यटकीय गन्तव्यका रुपमा सञ्चालन

हेटौंडाको चुरियामाई सुरुङमार्ग पर्यटकीय गन्तव्यका रुपमा सञ्चालन

नेपाल (हेटौंडा) । मकवानपुर जिल्लास्थित हेटौंडाको चुरियामाई सुरुङमार्ग सोमबाट सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारद्वारा हेटौंडा उपमहानगरपालिकालाई सुरुङमार्ग पर्यटकीय गन्तव्यका रुपमा सञ्चालन गर्नका लागि हस्तान्तरण गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिका बिचमा संझौतापत्रमा हस्ताक्षर गर्दै सञ्चालनमा ल्याइएको हो । दक्षिण एसियाकै पहिलो ‘चुरियामाई सुरुङ’ को पुर्ननिर्माण कार्य सकिएको ८ महिनापछि सोमबारबाट सर्वसाधारणका लागि खुला गरिँएको हो । हेटौँडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिरसंगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि सोमबार हस्तान्तरण गरिएको छ । सुरुङ संचालनका लागि नगरपालिकाले कार्यविधि बनाएको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्ष...
कोरियन भाषा परीक्षामा ३ हजार बढी उत्तीर्ण

कोरियन भाषा परीक्षामा ३ हजार बढी उत्तीर्ण

नेपाल । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन्। सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि २६ हजार तेस्रो चरणको भाषा परीक्षामा सहभागी भएकोमा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण भएका हुन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार यो सङ्ख्या हालसम्म सञ्चालन भएको तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो । यसअघिका दुई चरणको भाषा र सिप परीक्षा सम्पन्न भइसकेको थियो । भाषा परीक्षा पुस २ गते मङ्गलबार सकिएको थियो दक्षिण कोरिया जान सम्भावित सूचीमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जनाएको छ। शाखाका अनुसार परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरण परीक्षा सञ्चालन भएक...
साई स्वागत सहकारीको रकम हिनामिनाको आरोपमा भरत जंगम पक्राउ

साई स्वागत सहकारीको रकम हिनामिनाको आरोपमा भरत जंगम पक्राउ

नेपाल । आइतबार साई स्वागत बचत तथा ऋण सहकारीको बचत हिनामिना ठगी गरेको अभियोगमा प्रहरीले अध्यक्ष भरतमणि जंगमलाई पक्राउ गरेको छ । सैली थापाले जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । उनलाई आइतबार दिउँसो २ बजे काठमाडौं १० स्थित बिजुली बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको समय लिएर अनुसन्धान भइरहेको प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ...
सहकारी ठगीमा जीबी राईसहित १९ जना बिरुद्ध मुद्दा दर्ता

सहकारी ठगीमा जीबी राईसहित १९ जना बिरुद्ध मुद्दा दर्ता

नेपाल । शुक्रबार कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा अध्यक्ष जितेन्द्रबहादुर (जीबी) राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । १९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, तीन जना अन्य जिल्लाका कारागारमा रहेका छन् । १० जना फरार छन् । यो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नाम पनि जोडिएको भए पनि उनीविरुद्ध मुद्दा दर्ता भएको छैन । पुरानो मुद्दामा एक अर्ब ११ करोड १९ लाखभन्दा केही बढी भएकोमा अहिले ४० करोड रुपैयाँ थपिएको छ । रास्वापा सभापति रवि लामिछाने, पूर्व डीआईजी छबिलाल जोशीसहितका पाँच जना नयाँ आरोपितलाई प्रतिवादी कायम गरेको अभियोगपत्र आइतवार मात्र दर्ता हुने बुझिएको छ ।...
नेपालमा तोलाकै १७ सय घट्यो सुनको मूल्य

नेपालमा तोलाकै १७ सय घट्यो सुनको मूल्य

नेपाल । बिहीबार नेपालमा सुनको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ७ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ७ सय रुपैयाँ घटेर तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ घटेको छ । बुधबार प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँ कायम भएको चाँदी भाउ आज १ हजार ७ सय ८० रुपैयाँमा झरेको छ ।...
हेटौँडा-काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न अध्ययन हुँदै

हेटौँडा-काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न अध्ययन हुँदै

नेपाल (हेटौँडा) । बन्द भएको २५ वर्षपछि हेटौँडा–काठमाडौँ रोपवे सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ । सम्भाव्यता अध्ययनका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक कार्यक्रममा समेटेको छ । मन्त्रालयका प्रवक्ता भूपेन्द्रकुमार यादवले पूर्व सम्भाव्यता अध्ययनका लागि ५ लाख बराबर बजेट विनियोजन गरिएको बताए । अहिले आन्तरिक रूपमा छलफल भइरहेको र छिटोभन्दा छिटो अध्ययन थालिने उनले बताए । यादवका अनुसार यो रोपवे सञ्चालनमा ल्याउनका लागि बागमती प्रदेश सरकारले २०७६ सालमै चासो देखाएको थियो । तर सञ्चालन गर्नका लागि बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन । फेरि आर्थिक वर्ष २०७८–७९ मा यो रोपवे सञ्चालन सम्भाव्यता अध्ययन गर्न १६ लाख बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन भए पनि बजेटको स्रोत सुनिश्चितता नभएपछि काम अगाडि बढेन ।...
नेपालमा लगानी भित्र्याउन तयार छौंः एनआरएन

नेपालमा लगानी भित्र्याउन तयार छौंः एनआरएन

अमेरिका । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई कोरियामा सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तिको नेपालमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ । दक्षिण कोरियाको भ्रमणमा रहनुभएका भण्डारीले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदद्वारा बुधबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो । विदेशी लगानी भित्र्याउन सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै मन्त्री भण्डारीले लगानी सुरक्षाका लागि कानुनमा भएका सबै असहजतालाई सरकारले संशोधन तथा पुनरवलोकन गर्ने प्रतिबद्धता जनाउनुभयो । गैरआवासीय नेपालीले मन्त्री भण्डारीसमक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएको उहाँको भ्रमण दलमा रहनुभएका स्वकीय सचिव आनन...