२५ बैशाख २०८२, बिहीबार

अर्थतन्त्र

अब एक घण्टाभित्रै श्रम स्वीकृती पाइने !

अब एक घण्टाभित्रै श्रम स्वीकृती पाइने !

नेपाल । वैदेशिक रोजगारमा जाने नेपाली कामदारले एक घण्टाभित्रै श्रम स्वीकृती पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अव एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने जानकारी दिनुभएको हो । वैदेशिक रोजगार बिभागको कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै प्रदान गरिने बताउनु भयो । मन्त्री अर्यालले नयाँ सफ्टवेयरको प्रयोगबाट एकघण्टा भित्र सबैखाले श्रम स्वीकृति दिन सम्भव भएको जानकारी गराउनु भयो ।...
टेक्सास निवासी जोशीले छाडे एनआरएनए, ‘एनआरएन बिजनेश एशोसियसन’ खोल्ने तयारी

टेक्सास निवासी जोशीले छाडे एनआरएनए, ‘एनआरएन बिजनेश एशोसियसन’ खोल्ने तयारी

अमेरिका । विदेशमा व्यापार तथा व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेकाका छन् । गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो। अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए । जोशी गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा महासचिवमा समेत विजयी भएका थिए । सर्वोच्च अदालतको केहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेको थियो । सर्वोच्चले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ । नयाँ संस्था सञ्चालनको तयारीमा जुटेका जोशीले एनआरएनएभित्र चरम राजनीति हावी भएको बताउँदै अब यो संस्थाको औचित्य नरहेको समेत दावी गरे । ‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद...
वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको अभियोगमा ३२ जना बिरुद्ध मुद्दा दर्ता

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको अभियोगमा ३२ जना बिरुद्ध मुद्दा दर्ता

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहबिार नेपाल वायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको अभियोगमा ३२ जना बिरुद्ध मुद्दा दर्ता गरेको छ । एक पूर्वमन्त्री, दुई पूर्वसचिव र बहालवाला एक सहसचिवसहित ३२ विरुद्ध डेढ अर्ब रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही, दुई पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगाना, बहालवाला सहसचिव बुद्धिसागर लामिछाने, पूर्वसहसचिव जीवनप्रकाश सिटौलासहित २४ नेपाली, ६ विदेशी र विमान आपूर्तिकर्ता दुई विदेशी कम्पनीविरुद्ध १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ बिगो मागदाबी गरेर बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । विमान खरिद प्रकरणमा २०७३ पुस २७ मै अख्तियारमा उजुरी परेको थियो । त्यसको २ वर्ष पछि २०७५ पुस २६ मा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि वाइडबडी प्रकरण...
आठ महिनामा साढे ९ खर्ब बढी रेमिट्यान्स भित्रियो, बिदेशी मुद्रा सञ्चिति १८ खर्ब ७२ अर्ब

आठ महिनामा साढे ९ खर्ब बढी रेमिट्यान्स भित्रियो, बिदेशी मुद्रा सञ्चिति १८ खर्ब ७२ अर्ब

नेपाल । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । गएको आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २ सय ७८ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७ सय ६१ र १ लाख ९२ हजार ५ सय ५९ रहेको थियो । यता, फागुन मसान्तसम्ममा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ विदेशी मुद्रा सञ्...
कोशी प्रदेशका मुख्यमन्त्री र एनआरएनएको भेट, अन्तर्राष्ट्रिय चिया सम्मेलनबारे छलफल

कोशी प्रदेशका मुख्यमन्त्री र एनआरएनएको भेट, अन्तर्राष्ट्रिय चिया सम्मेलनबारे छलफल

अमेरिका । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीलाई भेट गरिएको छ । भेटमा कोशी प्रदेशमा एनआरएनको लगानी, अन्तर्राष्ट्रिय चिया सम्मेलन लगायत समसामायिक विषयवस्तुमा छलफल भएको छ । अध्यक्ष डा बद्री केसीले संघले केन्द्र सरकारसँग सहकार्य गर्दै आएको जानकारी गराउँदै अब स्थानीय र प्रदेश सरकारसँग काम गर्न इच्छुक रहेको बताउनुभयो । जवाफमा मुख्यमन्त्री कार्कीले लगानीका लागि कोशी प्रदेशमा लगानीका सम्भावना प्रचुर मात्रामा भएकोले लगानीका लागि आह्वान गर्नुभयो । लगानीका क्षेत्र पहिचानमा प्रदेश सरकारले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । सो अवसरमा उपाध्यक्ष रोजिना प्रधान राई, सचिव राधिका गुरुङ(टीका) कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति थियो । यसैबीच, गैरआवासीय नेपाली संघ अन्तर्गतको महिला विभाग मार्फत धनकुटाको पुर्नस्थापना सेवा के...
पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढ्यो

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढ्यो

नेपाल । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । आइतबार रातिदेखि नै प्रतिलिटर ४ रुपैयाँ बढाइएको हो । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो । निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ । ...
१० अर्ब बढी कर छलि गर्ने सफ्टवेयर बनाउने कम्पनी बिरुद्ध मुद्दा दर्ता

१० अर्ब बढी कर छलि गर्ने सफ्टवेयर बनाउने कम्पनी बिरुद्ध मुद्दा दर्ता

नेपाल । राजस्व अनुसन्धान विभाग १० अर्ब ३६ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले कर छलि गरेको ठहरसहित कोटीभिटी नेपाल प्रालि बिरुद्ध आइतबार उच्च अदालत पाटमा मुद्दा दायर गरेको हो । उक्त कम्पनीले पटक–पटक शेयर स्वामित्व परिवर्तन गर्दै आएको र सोको जानकारी तथा तिर्नुपर्ने राजस्व नतिरेको विभागको दाबी छ । सो कम्पनी पूर्णरुपमा विदेशी लगानी भएको कम्पनी हो । आर्थिक वर्ष २०७२–०७३ मा कम्पनीको १७ लाख ५ हजार २ सय २ कित्ता शेयर भेरिक्स हेल्थ इन्क, सयुक्त राज्य अमेरिकाको नाममा बिक्री भएको देखिन्छ । विभागले ५ अर्ब १८ करोड, २२ लाख कर छलि गरेको र सोको बिगो जरिवाना सहित १० अर्ब ३६ करोड बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको हो । भएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । कम्पनीले सफ्टवेयर निर्माण गरी अमेरिका निर्यात गर्ने गरेको छ ।...
हेटौँडाका दुई संस्थालाई निर्माण व्यवसायी महिलाद्वारा आर्थिक सहयोग प्रदान

हेटौँडाका दुई संस्थालाई निर्माण व्यवसायी महिलाद्वारा आर्थिक सहयोग प्रदान

नेपाल (हेटौँडा) । नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औँ साधारण सभाको अवसरमा महासंघ अन्तर्गतको निर्माण व्यवसायी महिला समन्वय समितिले हेटौँडाका दुई संस्थालाई सहयोग गरेको छ । साधारण सभाको अवसरमा निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापन एवं निर्माण व्यवसायी संघ मकवानपुरको समन्वयमा शनिबार भएको छुट्टाछुट्टै कार्यक्रमका बीच हेटौँडा उपमहानगरपालिका ४ स्थित सेन्टर फर अटिजम मकवानपुर र हेटौँडा १७ गैरीगाउँस्थित श्रीमद् भागवत ज्ञानसञ्चार वृद्धाश्रमलाई आर्थिक सहयोग प्रदान गरिएको हो । दुवै संस्थालाई निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापन र निर्माण व्यवसायी सङ्घ मकवानपुरका पदाधिकारीले २५–२५ हजार रुपियाँ बराबरको चेक प्रदान गर्नुभएको थियो । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं निर्माण व्यवसायी महिला समन्वय समितिका संयोजक गङ्गा पोखरेलले सहयोग हस्तान्तरण कार्य...
भष्टाचार गर्ने दूरसञ्चार प्राधिकरणका २० जना बिरुद्ध मुद्दा दर्ता

भष्टाचार गर्ने दूरसञ्चार प्राधिकरणका २० जना बिरुद्ध मुद्दा दर्ता

नेपाल । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको ठहर गरेको छ । अख्तियारले सोही आरोपमा बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित २० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ बिगो माग गरिएको छ । अख्तियारले मुद्धा दायर गरेकाहरुमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तमप्रसाद खनाल, बरिष्ठ निर्देशक आनन्द राज खनाल, निर्देशक मिन प्रसाद अर्याल, उपनिर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक संदिप अधिकारी, उपनिर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहा...
नेपालमा सुनको मूल्यमा ऐतिहारिक रेकर्ड !

नेपालमा सुनको मूल्यमा ऐतिहारिक रेकर्ड !

नेपाल । नेपालमा सुनको मूल्य बढेर ऐतिहासिक रेकर्ड कायम भएको छ । मूल्य बढेर बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० मा कारोबार भएको थियो ।