उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उद्योगका लागि आवश्यक पर्ने क्लिङ्कर खरिद गर्ने क्रममा आर्थिक अनियमितता गरेको आरोपमा आयोगले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार पौडेलसमेतको संलग्नतामा उद्योगमा क्लिङ्करको खपत बढी देखाएर उत्पादन भने घटाइएको अनुसन्धानबाट देखिएको छ ।
यसअघि सिमेन्ट उद्योगमा अनियमितता भएको भनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको छानबिन प्रतिवेदनबाट देखिएको तथा उक्त बेहोरा महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदनबाट समेत देखिएको थियो । क्लिङ्करको खपत बढी तर उत्पादन घटिरहेको देखाइएकाले सक्कल कागजात झिकाई छानबिन गरी दोषीमाथि कारबाही गर्न भन्दै आयोगमा पनि उजुरी परेको थियो ।
उद्योग पदाधिकारीमाथि लागेको आरोपका बारेम...








