१ पुष २०८२, मंगलवार

अर्थतन्त्र

माथिल्लो अरुणको १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई

माथिल्लो अरुणको १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई

नेपाल । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपियाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको लागत निर्माण अवधिको व्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान गरी आयोजनाको वित्तीय विश्लेषण र वित्तीय ढाँचा तयार गरिएको छ । लागतलाई हाल प्रचलित विनियमन दर प्रति अमेरिकी डलर १४१ रुपियाँका दरले रुपान्तरण गर्दा निर्माण अवधिको व्याज बाहेक कुल लागत दुई खर्ब १३ अर्ब २९ करोड रुपियाँ रहेकोछ । आयोजनाको निर्माण अवधिको व्याजसहित दुई खर्ब ३९ अर्ब ७९ करोड रुपियाँ रहेको छ । जसमा स्वःपूँजी (इक्विटी) ३० प्रतिशत अर्थात ७१ अर्ब ९४ करोड रहने छ । कूल लागतको ७० प्रतिशत अर्थात एक खर्ब ६७ अर्ब ...
नेपालमा डिजेल-मट्टितेलको मूल्य घट्यो

नेपालमा डिजेल-मट्टितेलको मूल्य घट्यो

नेपाल । नेपाल आयल निगमले डिजेल–मट्टितेलको मूल्य घटाउँदा हवाई इन्धनको मूल्य बढाएको छ । मंसिर १५ गतेबाट लागू हुनेगरी डिजल–मट्टितेलको मूल्य १ रुपैयाँले घटाइएको हो । निगम सञ्चालक समितको निर्णयअनुसार पहिलो वर्गको १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १४५ रुपैयाँ र तेस्रो वर्गको १४६ रुपैयाँ तय भएको छ । यस्तै हवाई इन्धनको आन्तरिकतर्फ भने ६ रुपैयाँ बढेको छ । अन्तरराष्ट्रिय तर्फ ४२ डलरले बढेको छ । ...
बैंकिङ कसुर गरेको आरोपमा प्रभु बैंक सिइओ अशोक शेरचन पक्राउ

बैंकिङ कसुर गरेको आरोपमा प्रभु बैंक सिइओ अशोक शेरचन पक्राउ

नेपाल । प्रहरीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्किङ कसुरको आरोपमा शेरचनलाई आइतबार पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिनुभयो । ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएको छ । सिआइबीले यसअघि गत कात्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । ...
बजेट निर्माण तथा कार्यान्वयनमा प्रदेश र स्थानीय तह स्वतन्त्रः अर्थमन्त्री खनाल

बजेट निर्माण तथा कार्यान्वयनमा प्रदेश र स्थानीय तह स्वतन्त्रः अर्थमन्त्री खनाल

नेपाल । अर्थमन्त्री रामेश्वर खनालले बजेट निर्माण र कार्यान्वयनमा प्रदेश र स्थानीय तह स्वतन्त्र र स्वयम् उत्तरदायी भएको बताउनुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार सम्पन्न अन्तरसरकारी वित्त परिषद्को एघारौँ बैठकमा उहाँले वित्तीय सङ्घीयतप्रति आफ्नो प्रतिबद्धतासमेत जनाउनुभयो । परिषद्का संयोजकसमेत रहनुभएका अर्थमन्त्री खनालले करदाता सेवा कार्यालयबाट प्रदान भएका करसम्बन्धी केही सेवा स्थानीय तहबाट सुरु गर्ने प्रबन्ध गरिएको भन्दै यसबाट करदाताले स्थानीयस्तरमै सेवा प्राप्त गर्ने र स्थानीय तहको राजस्व क्षमतासमेत अभिवृद्धि हुने जानकारी गराउनुभयो । बैठकको सुरुमा अर्थ मन्त्रालयको वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलले बैठकको उद्देश्य तथा एजेन्डामा प्रकाश पार्नुभएको थियो । उहाँले वित्तीय सङ्घीयता कार्यान्वयनको कार्यक्रममा तिनै तहबाट सुशासनको प्रत्यक्ष अनुभूति हुने गरी सेवा प्रवाह गर्ने वि...
नेपाल र बङ्गलादेशबीच विद्युत् उत्पादन तथा व्यापारलाई थप विस्तारित गर्ने सहमति

नेपाल र बङ्गलादेशबीच विद्युत् उत्पादन तथा व्यापारलाई थप विस्तारित गर्ने सहमति

नेपाल । नेपाल र बङ्गलादेशबीच विद्युत् उत्पादन तथा व्यापारलाई थप विस्तारित गर्न दुई देशसम्बद्ध सचिवबिच सहमति भएको छ । बुधबार र बिहीबार बङ्गलादेशमा सम्पन्न नेपाल–बङ्गलादेश सचिवस्तरीय बैठकमा नेपालबाट बङ्गलादेश निर्यात हुने विद्युत् परिमाण विस्तारदेखि जलविद्युत् आयोजना निर्माण, प्रसारण लाइन संरचना विस्तारलगायतका विषयमा सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बिहीबार नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठक बसेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत तथा बङ्गलादेश सरकारको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बङ्गलादेशको ढाकामा सम्पन्न बैठकले विभिन्न छ बुँदामा सहमति गरेको हो । सहमति अनुसार नेपालबाट हालसम्म ४० मेगावाट विद्युत् निर्यात हुँदै आएकोमा आगामी वर्ष थप २० मेगावाट बिजुली बङ्गला...
एमसिसी परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत् प्रसारण लाइन निर्माण सुरु

एमसिसी परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत् प्रसारण लाइन निर्माण सुरु

नेपाल । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा बुधबार निर्माणको शुभारम्भ गर्नुभयो । एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत सुनवल–१३, सूर्यबस्तीदेखि नेपाल–भारत सिमानासम्म १८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुने छ । त्यस क्रममा अर्थमन्त्री खनालले एमसिसी परियोजनाले आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने बताउँदै अमेरिकी सरकारको सहयोगको प्रशंसा गर्नुभयो । मन्त्री खनालले अब तीन वर्ष पनि पूरा समय नभएकाले समयमै काम सम्पन्न गर्ने गरी तदारुकताका साथ काम भइरहेको जानकारी दिनुभयो । विद्युत् प्रसारण लाइनको बहुआयामिक महत्व रहेको बताउँदै उहाँले नेपालमा आन्तरिक बजारमा आवश्यक भएका बेला आयात गर्न र दक्षिण एसियामा ऊर्जा बजारमा न...
बूढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार

बूढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार

काठमाडौं । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । दुवै जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले दुवै आयोजनाको वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिंदै त्यसलाई आवश्यक स्वीकृतिका लागि पेश गर्न निर्देशन दिनुभएको छ । उहाँले दुवै आयोजना लामो समयदेखि चर्चामा मात्र रहेकाले अब लगानी मोडालिटी टुंगो लगाएर निर्माणमा लैजानु पर्ने बताउनुभयो । नेपाल विद्युत प्राधिकरणको शेयर निश्कासन गर्ने, ऊर्जा वण्ड जारी गर्ने, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट सङ्कलित...
भैरहवामा थाई एयर एसियाको विमान अवतरण

भैरहवामा थाई एयर एसियाको विमान अवतरण

नेपाल । थाइल्यान्डको बैंककबाट भैरहवा आएको थाई एयर एसियाको विमान आइतबार लगभग पूर्ण क्षमतासहित अवतरण गरेको छ । विमान १६१ जना यात्रु लिएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश यात्रु बौद्ध धर्मावलम्बी छन् । कात्तिक ९ गतेदेखि बैङ्कक–भैरहवा–बैङ्कक नियमित उडान गर्दै आएको थाई एयर एसियाले यसअघि भैरहवाबाट प्रस्थान गर्ने यात्रु सङ्ख्या उल्लेख्य भए पनि भैरहवा आउने यात्रु कम थिए । आइतबार भने आगमन सङ्ख्या एक्कासि बढेको विमानस्थलले जनाएको छ । आइतबार नै भैरहवाबाट बैङ्ककका लागि १४५ जना यात्रु प्रस्थान गरेका छन् । आइतबारको चहलपहलले विमानस्थलको आगमन कक्षमा लुम्बिनी क्षेत्रको पर्यटन सम्भावनाबारे उत्साह थपेको पर्यटन व्यवसायी सागर गिरीले बताउनुभयो । अघिल्लो वर्ष कात्तिकदेखि चैतसम्म थाई एयर एसियाले भैरहवामा नियमित ...
चार महिनामा नेपालको ७ खर्ब भन्दा बढीको वैदेशिक व्यापार

चार महिनामा नेपालको ७ खर्ब भन्दा बढीको वैदेशिक व्यापार

नेपाल । चालू आर्थिक वर्ष २०८२–८३ को चार महिनामा ७ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि कात्तिकसम्म ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो व्यापार गत आवको सोही अवधिको २४.१८ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो । भन्सार विभागका अनुसार चालू आवको चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १८.७१ प्रतिशत बढी हो । सो अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । त्यस्तै, यस अवधिमा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७७।५१ प्रतिशत बढी हो । त्यसबेला ५२ अर्ब ६७ करोड ७ ला...
वैदेशिक रोजगारीका लागि चार महिनामा दुई लाख ८३ हजारले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीका लागि चार महिनामा दुई लाख ८३ हजारले लिए श्रम स्वीकृति

नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८१–८२ को चार महिनाको तुलनामा चालु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या १५ प्रतिशतले बढेको हो । विभागका अनुसार चालु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ८३ हजार ६१० जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको सो अवधिमा दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका थिए । चालु आवको सो अवधिमा सबैभन्दा बढी कात्तिकमा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए । साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२ र असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।...