स्रोत नखुलेको रकमबारे अनुसन्धान भइरहेको छः अर्थमन्त्रालय
नेपाल । अर्थ मन्त्रालयले स्रोत नखुलेको रकम विभिन्न व्यक्तिले आफ्नो निवास वा अन्यत्र लुकाइराखेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । आइतबार अर्थ मन्त्रालयले एक सूचना गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम यस्तो अनुसन्धान भइरहेको जनाएको हो ।
जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा कतिपय घरमा रकम रहेको चर्चा चलिरहेका बेला अर्थ मन्त्रालयले यस्तो सूचना गरेको हो । मन्त्रालयले प्रचलित कानुनबमोजिम आय आर्जन भएको र स्रोत खुलेको स्वदेशी रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको पनि स्पष्ट पारेको छ । मन्त्रालयले जोखिमबाट बच्न भन्दै नागरिकलाई नगदको सट्टा विद्युतीय भुक्तानी प्रणाली प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा नगद रकम जलेको वा जलेको अवस्थामा भेटिएको घटनाप्रति गम...









