संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै आइजिनमा राख्ने प्रस्तावप्रति एनआरएएको ध्यानाकर्षण
नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै आइजिनमा राख्ने प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।
यस प्रस्तावले नेपालका पुँजी बजार र लगानी वातावरणमा नकारात्मक असर पार्न सक्ने देखिन्छ । एनआरएनएले विज्ञप्तिमार्फत सम्बन्धित निकायलाई यो प्रस्ताव पुनर्विचार गर्न र सन्तुलित निर्णय लिन आग्रह गरेको छ ।
सीडीएस एन्ड क्लियरिङले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष पेस गरेको संस्थापक र सर्वसाधारण सेयर छुट्टाछुट्टै इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइजिन) मा राख्ने प्रस्तावप्रति ध्यानाकर्षण गराएको हो ।
सीडीएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीको संस्थापक समूहको सेयर अभौतिकीकरण (भौतिक सेयरलाई विद्युतीय प्रणालीमा परिणत गर्ने) प्रक्रियामा संस्थापक र सर्वसाधारण सेयर गरी दुई वटा आइजिनको व्यवस्था गर्...









