२५ जेष्ठ २०८२, आईतवार

अर्थतन्त्र

उद्योगहरूमा काटिएको विद्युत् जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन

उद्योगहरूमा काटिएको विद्युत् जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन

नेपाल । मन्त्रीपरिषद्को निर्देशन अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादको समाधान निकाल्न लाल आयोगको प्रतिवेदनको सिफारिस अनुसार महसुल निर्धारण गरी १५ दिनभित्र असुल गर्ने गरी उद्योगमा काटिएको लाइन जोड्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । डेडिकेटेड र ट्रङ्क लाइन महसुलबापतको प्रिमियम रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले गत असोज २४ गते ४९ उद्योगको सूची र रकमसहित १५ दिने म्यादसहितको सूचना जारी गरेको थियो । सोही अनुसार कात्तिक ८ गते ३४ उद्योगको विद्युत् आपूर्ति विच्छेद गरिएको थियो ।...
नेपाली बजारमा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँ घट्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँ घट्यो

नेपाल । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको भाउ तोलामै २४ सय रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुनको मूल्य तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो । सोमबार छापावाला सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १९ सय २५ रुपैयाँ तोकिएको थियो ।...
त्रिभुवन विमानस्थल शुक्रबार देखि राति १० घण्टा बन्द हुने

त्रिभुवन विमानस्थल शुक्रबार देखि राति १० घण्टा बन्द हुने

नेपाल । नेपालको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टासम्म बन्द हुने भएको छ । विमानस्थल बन्द हुँदा धावनमार्ग बिस्तारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशतसम्म कटौती हुने भएका छन् । विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो। राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिने छ ।...
अमेरिकाबाट घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो, अक्टोबरमा १६ हजार २३ जना नेपाल गए

अमेरिकाबाट घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो, अक्टोबरमा १६ हजार २३ जना नेपाल गए

अमेरिका । अक्टोबरमा अमेरिकाबाट नेपाल घुम्न जाने पर्यटकको सङ्ख्या अघिल्लो महिनाको तुलनामा १२ दशमलव ८८ प्रतिशतले बढेर कूल १६ हजार २३ पुगेको छ । सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक नेपाल घुम्न गएका थिए । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार बेलायतबाट आठ हजार १९ पर्यटक नेपाल भित्रिएका छन् । अष्ट्रेलियाबाट छ हजार नौ सय २९, जर्मनीबाट छ हजार १८ र फ्रान्सबाट पाँच हजार चार सय ८५ पर्यटक आएका छन । बङ्गलादेशबाट चार हजार चार सय ७६, श्रीलङ्काबाट तीन हजार एक सय १२ र इटालीबाट दुई हजार छ सय ३५ पर्यटक आएका छन् । बोर्डका अनुसार अगष्ट, सेप्टेम्बार र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटक पनि घटे । अक्टोबरमा भारतबाट १६ हजार तीन सय १३ पर्यटक आएका छन् । गत सेप्टेम्बरमा भारतबाट २२ हजार नौ सय ८४ पर्यटक आएका थिए । यो करिब १३ प्रतिशत गिरावट हो । अगस्टमा २५ हजार आठ सय ३...
थाई एयर एसियाले भैरहवाबाट शुरु गर्यो व्यवसायिक उडान

थाई एयर एसियाले भैरहवाबाट शुरु गर्यो व्यवसायिक उडान

नेपाल । थाई एयर एसियाले पुनः उडान सुरु गरेको छ । उक्त कम्पनीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो । थाई एयर एसियाले आइतबारदेखि भैरहवा र काठमाडौँमा एकसाथ उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उक्त एयरलाइन्सले काठमाडौँ गन्तव्यमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ । यस्तै भैरहवामा सोमबार र बिहीबार उडान भर्नेछ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई एयर एसिया चौथो हवाईसेवा कम्पनी भएको छ । यसअघि कुवेतको जजिरा एयर, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्स र राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गरेका थिए । उक्त विमानस्थलमा यही कात्तिक २४ गते शनिबारदेखि कुवेतको जजीरा एयरले पुनः उडान सञ्चालन गर्दै...
अमेरिकाबाट ११ दिनपछि स्वदेश फर्किए अर्थमन्त्री पौडेल

अमेरिकाबाट ११ दिनपछि स्वदेश फर्किए अर्थमन्त्री पौडेल

नेपाल । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल ११ दिनपछि अमेरिकाबाट स्वदेश फर्किएका छन् । पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी भइ बिहीबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरेका थिए । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेको बताए । उनले उक्त बैठकमा जलवायु न्यायका लागि विकास साझेदार र सिङ्गो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानी नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारीरूपमा सञ्चालन गर्न अनुरोध गरेक...
डिजेल र मट्टितेलको मूल्य रु. १ ले घट्यो

डिजेल र मट्टितेलको मूल्य रु. १ ले घट्यो

नेपाल । शुक्रबारबाट नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य रु. १ ले घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले समायोजन गरिएको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । बढेको मूल्य शुक्रबारदेखि लागू भएको छ । अन्य इन्धनको मूल्य भने यथावत राखिएको छ ।
नेपालमा सुनको मूल्य तोलाकै १ लाख ७१ हजार !

नेपालमा सुनको मूल्य तोलाकै १ लाख ७१ हजार !

नेपाल । बिहीबार नेपालमा सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रतितोला रु. दुई हजार दुई सयले वृद्धि भई रु. एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला रु. तीन सयले वृद्धि भएको हो । यस्तै चाँदीको मूल्य तोलामा रु। ३० ले घटेको छ । बुधबार प्रतितोला रु। दुई हजार एक सय २० मा कारोबार भएको चाँदी आजका लागि रु. दुई हजार ९० निर्धारण भएको छ ।...
लक्ष्मीपूजाको अघिल्लो दिन नेपाली शेयर बजारमा गिरावट

लक्ष्मीपूजाको अघिल्लो दिन नेपाली शेयर बजारमा गिरावट

नेपाल । नेपालमा लक्ष्मीपूजाको अघिल्लो दिन बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको हो । कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो ।
नेपालमा सुनको मूल्य तोलाकै १ लाख ७० हजार ७०० रुपैयाँ !

नेपालमा सुनको मूल्य तोलाकै १ लाख ७० हजार ७०० रुपैयाँ !

नेपाल । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भयो । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको थियो ।...