उखु किसानलाई वितरण गर्ने अनुदानबापतको ७५ करोड ४९ लाख निकासा
नेपाल । सरकारले उखु किसानलाई वितरण गर्ने अनुदानबापतको रकम निकासा गरेको छ ।
अर्थ मन्त्रालयले मङ्गलबार उखु किसानलाई वितरण गर्ने ७५ करोड ४९ लाख ३८ हजार २४० रुपियाँ निकासा गरेको हो । निकासा गरिएको रकम सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैङ्क खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्विन्टल ३५ रुपैयाँका दरले किसानलाई वितरण गर्ने अर्थ मन्त्रालयले रकम निकासा गरेकाले बिहीबारदेखि वितरण हुने कृषि मन्त्रालयले जनाएको छ ।
मन्त्रीपरिषद्को बैठकले यस वर्ष उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपियाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
उखुको गत आर्थिक वर्ष २०८१–८२ को भुक्तानी नभएको र उखुमा दि...









