जेनजी आन्दोलनको असरः पर्यटकीय गतिविधिमा कमी
नेपाल । जेनजी आन्दोलनको प्रभावका कारण पर्यटकीय गतिविधिमा कमी आएको छ ।
पर्यटकीय यामको मुखमा भएको परिवर्तनकारी आन्दोलनका कारण पर्यटकको आगमनमा असर परेपछि तत्काल उड्डयन र होटेल क्षेत्रमा प्रभाव देखिएको हो । पर्यटकीय गतिविधि न्यून भएपछि हङकङको क्याथे प्यासिफिक एयरवेजले नेपाल उडान रोकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “हङकङ–नेपाल रुटमा उडान गर्दै आएको क्याथे प्यासेफिकले अजोज १४ सम्मलाई उडान रोकेको छ । यो कम्पनीले २८० सिट क्षमताको वाइडबडी जहाजमार्फत दैनिक काठमाडौँमा उडान गर्दै आएको थियो ।”
हाल हङकङमा नेपाल वायुसेवा निगमले सातामा चार दिन उडान गर्दै आएको छ । क्याथेको उडानमार्फत यात्रु हङकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा जाने गरेका थिए ।
होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले पछिल्ला राजनीतिक घटनाक्रमको असरले होटेल ...








