अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा ‘हाम्रो पात्रो रेमिट’ पुनः सुरु
अमेरिका । विश्वभरिका नेपालीहरूको मन जित्न सफल मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा ‘हाम्रो पात्रो रेमिट’ पुनः सुरु गरेको छ । अब अमेरिका निवासी नेपालीहरूले आफ्ना आफन्तजनलाई सजिलै, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन् ।
विशेषगरी नेपालीहरूको महान् चाड बडादसैंलाई लक्षित गर्दै, हाम्रो पात्रो रेमिटले यो सेवाका प्रयोगकर्ताहरूका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराएको छ ।
दसैंको शुभ अवसरमा, हाम्रो पात्रो रेमिट मार्फत प्रयोगकर्ताहरूले १,००० अमेरिकी डलर वा सोभन्दा बढी रकम ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।
दसैंमा परिवार र आफन्तलाई आर्थिक साथ दिन चाहने पहिलो ५,००० नयाँ प्रयोगकर्ताहरूले आफ्नो पहिलो ट्रान्सफरमा १ अमेरिकी डलर बराबर रू. १५० को विशेष विनिमय दर प्राप्त गर्नेछन् ।
हाम्रो पात्रोका संस्थापक तथा सीईओ शङ्कर उप्रेती भन्नुहुन्छ, ‘‘हाम्रो पात्रो ...









