३१ भाद्र २०८२, मंगलवार

अर्थतन्त्र

नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटरमा ४ रुपैयाँले मूल्य घटाएको हो । इण्डियन आयल कर्पोरेशनबाट आज १५ मार्च, २०२५ अर्थात् चैत २ गते प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार आयल निगम सञ्चालक समितिले मूल्य घटाएको जनाएको छ । घटाइएको मूल्य आइतबार राति १ बजेपछि लागु भएको छ । ...
महिलाहरू आर्थिक रूपमा सशक्त भएमात्रै समाज र देशकै अर्थतन्त्रमा परिवर्तन हुने

महिलाहरू आर्थिक रूपमा सशक्त भएमात्रै समाज र देशकै अर्थतन्त्रमा परिवर्तन हुने

नेपाल । महिलाको आर्थिक सशक्तीकरण गर्न सकेमात्रै सिंगो समाज र देश समृद्ध हुने सरोकारवालाहरुले बताएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिको प्रथम साधारणसभा तथा स्थापना दिवसको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पु¥याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उपसभामुख ईन्दिरा रानामगरले महिलाहरू आर्थिक रूपमा सशक्त भएमात्रै समाज र देशकै अर्थतन्त्रमा परिवर्तन हुने बताउनुभयो । आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने भन्दै उहाँले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पुर्याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो ।...
नेपालमा ९ खर्ब ५८ करोड रेमिट्यानस भित्रियो, ४ लाख बढीले लिए श्रम स्वीकृति

नेपालमा ९ खर्ब ५८ करोड रेमिट्यानस भित्रियो, ४ लाख बढीले लिए श्रम स्वीकृति

नेपाल । चालु आवको ७ महिना अर्थात माघ मसान्तसमम नेपालमा ९ खर्ब ५८ करोड पुगेको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को सात महिनाको तथ्याङ्क अनुसार रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । चालू आवको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७४ हजार ६२२ रहेको छ । पुनः श्...
फेब्रुअरीमा ९७ हजार २२६ जना पर्यटक भित्रिए, कुन देशका कतिले नेपाल घुमे ?

फेब्रुअरीमा ९७ हजार २२६ जना पर्यटक भित्रिए, कुन देशका कतिले नेपाल घुमे ?

नेपाल । नेपालमा सन् २०२५ को दोस्रो महिना अर्थात फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक भित्रिएका छन् । यसअघि सन् २०२४ को फेब्रुअरीमा ९७ हजार २२६ जना पर्यटक भित्रिएका थिए । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्यांक अनुसार फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट १९ हजार १८७ पर्यटक नेपाल आएका छन् । त्यस्तै, अमेरिकाबाट १० हजार ३४८, चीनबाट ८ हजार २३२, थाइल्यान्डबाट ५ हजार ६०९ र बेलायतबाट ५ हजार ५७ जना पर्यटक नेपाल आएका छन् । यस्तै, २०२५ को जनवरीमा भने ७९ हजार ९९१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । ...
अचम्म…! पाङ्ग्रा बिना नै त्रिभुवन विमानस्थलमा विमान सकुशल अवतरण

अचम्म…! पाङ्ग्रा बिना नै त्रिभुवन विमानस्थलमा विमान सकुशल अवतरण

नेपाल । जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ । बिहीबार अपराह्न जनकपुरबाट काठमाडौँका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको बताउनुभयो। ...
चैत १९ देखि त्रिभुवन विमानस्थल रातको समयमा पनि बन्द नहुने

चैत १९ देखि त्रिभुवन विमानस्थल रातको समयमा पनि बन्द नहुने

नेपाल । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी १९ चैतदेखि रातको समयमा पनि बन्द नहुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको हो । धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम सुरु गर्नुअघि विमानस्थल बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो । यसअघि राति १२ बजेदेखि ३ बजेसम्म उडान गर्दै आएका कतार एयरवेज, फ्लाई दुबई र नेपाल वायुसेवा निगमका उडान राति १२ बजेपहिले नै गराएर विमानस्थल दैनिक १८ घण्टा सञ्चालन गर्ने तयारी रहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानस्थलको धावनमार्गको बिच भागदेखि ७५ मिटरभित्रको काम गर्न उडान बन्द गर्नुपर्ने नियम अनुसार हाल विमानस्थल बिहान ७...
थापाथलीमा फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत गरियो

थापाथलीमा फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत गरियो

नेपाल । काठमाडौंको थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाइन बुधबार बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिनुभयो । यसअघि पनि बबरमहल क्षेत्रमा मेलम्ची आयोजनाको पाइप फुटेर जलमग्न भएको थियो । ...
स्वास्थ्य बीमालाई वार्षिक १६ अर्ब आवश्यक, अर्थमन्त्रालयले दियो ३ अर्ब निकासा

स्वास्थ्य बीमालाई वार्षिक १६ अर्ब आवश्यक, अर्थमन्त्रालयले दियो ३ अर्ब निकासा

नेपाल । सरकारले स्वास्थ्य बिमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप तीन अर्ब ८४ करोड रुपियाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बिमाको रकम भुक्तानी नहुँदा समस्या परेको बताउँदै आएको थियो । स्वास्थ्य मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा गर्ने निर्णय गर्नुभएको हो । निकासा भएको रकममध्ये स्वास्थ्य बिमा बोर्डलाई तीन अर्ब रुपियाँ, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि ६० करोड रुपियाँ र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपियाँ रहेको छ । स्वास्थ्य बिमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. सरोज शर्माले सरकारले तीन अर्ब ८४ करोड रकम भुक्तानी दिएको जानकारी दिँदै असारसम्मको भुक्तानी तत्काल अस्पतालहरूलाई वितरण गरिने जानकारी दिनुभयो । उहाँ...
साउन १ गतेदेखि सात वटै प्रदेश सरकार लाइसेन्स छाप्न तयार

साउन १ गतेदेखि सात वटै प्रदेश सरकार लाइसेन्स छाप्न तयार

नेपाल । आगामी साउन १ गतेदेखि सवारीचालक अनुमतिपत्र छपाइ गर्न सात वटै प्रदेश सरकार तयार भएका छन् । यातायात व्यवस्था विभागले अहिलेसम्म छपाइ गर्न बाँकी सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को छपाइ गर्ने र आगामी वैशाख १ देखि साउन १ गतेसम्ममा सबै प्रदेशले सवारीचालक अनुमतिपत्रको छपाइ गर्ने गरी निर्णय भएको हो । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार सातै प्रदेशका यातायात सम्बद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकमा सवारीचालक अनुमति छपाइ प्रदेशबाटै छपाइ गर्नुका साथै सवारीसाधनमा इम्बोस्ड नम्बर जडानलाई तीव्रता दिनसमेत प्रदेशका मन्त्री तथा सचिवहरूले प्रतिबद्धता जनाउनुभयो ।...
सरकार र ग्यास उद्योगीबीच कमिसन बढाउने सहमति, आन्दोलन स्थगित

सरकार र ग्यास उद्योगीबीच कमिसन बढाउने सहमति, आन्दोलन स्थगित

नेपाल । सरकार र आन्दोलनरत ग्यास उद्योगीबिच पाँचबुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट, नेपाल एलपी ग्यास उद्योग संघीयका पदाधिकारीबिच प्रतिसिलिन्डरमा १२ रुपियाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको हो । कमिसन वृद्धि गर्ने सहमति भएसँगै ग्यास उद्योगीको आन्दोलन स्थगित भएको छ । उद्योगीको कमिसन बढाएको मूल्यबाट उपभोक्तालाई भार नपर्ने नेपाल आयल निगमले जनाएको छ । उद्योगीले चाहिँ लामो समयदेखि ग्यासमा कमिसन वृद्धि नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै प्रतिसिलिन्डर ५० रुपियाँ बढाउन माग गरेका थिए । संघले ओभरहेड र नाफा रकम वृद्धिलगायतका १९ बुँदे माग राखेर गत आइतबारदेखि भारतबाट ग्यास ल्याउने खरिद आदेश (पिडियो) बन्द गरेर आन्दोलन गरेको थियो । उद्योगीले घोषणा गरेका आन्दोलनले बजारमा उपभोक्ताले सहज रूपबाट ग्यास पाउन सके...