 
            कोलोराडोमा कालीदास बाबाः ‘नेपालमा हिन्दू सनातनधर्म स्थापित भएको हेर्न मन छ’
            -नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । श्री १००८ महाराज कृष्णानन्द कालिदास बाबाले कोलोराडो प्रवचन दिदै मातृभुमी नेपालमा हिन्दू सनातनधर्म स्थापीत भएको हेर्न मन भएको बताएका छन् ।
कोलोराडोस्थित रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजना तथा नेपाली घरको सहयोगमा नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित प्रवचन कार्यक्रममा बाबाले त्यस्तो आशय ब्यक्त गरेका हुन् ।
शनिवार बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म संचालिन प्रवचन कार्यक्रममा बाबाले अमेरीकामा आएर यसरी नेपाली समुदायबिच उपस्थित हुनपाउदा ज्यादै खुसीलागेको भन्दै नेपाल जस्तो देवभुमी, पबित्र भुमी यो संसारमा कहि कतै नभएको बताए । नेपालीहरूको शान, मान र इज्यत भनेकै हाम्रो मातृभुमी नेपाल भएकोले यसको बिकासको लागी सबैले आ आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा बाबाको सहयोगी पत्रकार गीता मैनालीले बाबाको ब्यक्तित्व र समाजमा उ...        
       
    








