अमेरिकामा दिपावली पर्वलाई विशेष सांस्कृतिक उत्सवको मान्यता
टेक्सस । नेपालीहरूको दोस्रो ठूलो पर्व दिपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले विशेष मान्यता प्रदान गरेको छ । फोर्ट वर्थ सिटी काउन्सिलको मङ्गलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको जनाइएको छ ।
सिटीले मान्यता प्रदान गरेसँगै अबदेखि हरेक वर्ष दिपावली पर्वलाई फोर्ट वर्थ सिटीको आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मनाइने भएको सिटी काउन्सिलले जनाएको छ ।
बैठकमा सिटी प्रशासनको तर्फबाट काउन्सिल सदस्य डेबराह पिपल्सले दिपावलीलाई सहरको सांस्कृतिक विविधताको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावलाई उपस्थित काउन्सिल सदस्य समर्थन जनाएको पिपल्सले बताउनुभयो ।
जिल्ला नं ५ की काउन्सिल सदस्य पिपल्सले सोसम्बन्धी सम्मानपत्र नेपाली समुदायका अगुवा तथा फोर्ट वर्थ सिटीका भवन मापदण्ड आयुक्त मोहन ज्ञवालील...









