 
            विदेशमा दुई नेपाली युवा शिक्षासेवामा समर्पित, प्रभावकारी बन्दै ‘अनलाइन ट्युसन प्लेटफर्म’
            अमेरिका । अमेरिका धेरैका लागि सपना पुरा हुने देश हो, तर यी दुई युवा सन्दीप पौडेल र आशिष आचार्यको सपना सधैं स्वदेशमै अडिएको थियो ।
दैनिक व्यस्तता, संघर्षपूर्ण जीवनशैली, र समय अभावबीच पनि उनीहरू सधैं यही सोचमा थिए—‘स्वदेशका लागि केही गरौं, केही फर्काऔं ।’ प्रवासमा रहेर पनि संसारका लागि शिक्षा तथा देशका लागि केही सकारात्मक योगदान दिन सकिन्छ भन्ने सपना र हुटहुटी कै उपज बन्यो ‘Learning Center’ ।
प्रवासको एउटा सानो कोठा अमेरिकाको कोलोराडोबाट सुरु भएको एक दुरगामी सोचले आज सयौं विद्यार्थीको भविष्य उज्यालो बनाइरहेको छ । यो कथा तिनै दुई नेपाली युवाहरू—सन्दीप पौडेल र आशिष आचार्यको हो , जसले आफ्नो आत्मविश्वास, लगनशीलता र नौलो सोचका भरमा ‘Learning Center” नामक अनलाइन ट्युसन प्लेटफर्मको सुरुवात गरे ।
अनौपचारिक रूपमा सन् २०२४ मा सुरु गरिएको यो प्रयास सन् २०२५ मा औपचारिक रूपमा दर्ता भई सञ्चालनमा आयो । ...        
       
    








