 
            कोलोराडो बोल्डरमा कुमारी रथ तानेर येंयाः (इन्द्र जात्रा) मनाइँदै
            -नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालको धर्म संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्धेश्यले येंयाः (इन्द्र जात्रा) को कार्यक्रम आयोजना गर्न लागिएको छ ।
कार्यक्रममा गणेश, भैरव सहित जीवितदेवी कुमारीको रथयात्रा, लाखे नाच, धिमेबाजा, पुलुकिसि नाच, हाथु हायेके, परम्परागत नेवाः गीत संगीत तथा नृत्य, समेबजि वितरण, जस्ता कार्यक्रम रहेको संस्थाका महासचिव सञ्जय शाक्यले बताएका छन् ।
भौगोलिक अवस्थितिले काठमाडौं उपत्यकासँग मिल्दोजुल्दो मात्र नभएर काठमाडौं र बोल्डरको भगिनी सम्बन्ध भएकोले पनि यस वर्षको इन्द्र जात्राले विशेष महत्व राख्दछ । जात्रालुहरूलाई निःशुल्क प्रवेश र समेबजिको व्यवस्था गरिएको कोलोराडो नेवाः खलः मिसा कवका संयोजक रमिता तुलाधरले प्रष्ट्याएकी छन् ।
सेप्टेम्बर ७ आइतबारका दिन दिउँसो १२ बजे देखि ४ बजेसम्म संचालन हुने जात्रामा सहभागीहरूको लागि...        
       
    








