२८ फाल्गुन २०८२, बिहीबार

कोलोराडो विशेष/अमेरिका

कोलोराडोमा ग्लोबल नेपाली फिल्म अवार्डको ८औं संस्करण भब्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा ग्लोबल नेपाली फिल्म अवार्डको ८औं संस्करण भब्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डको ८औं संस्करण आइतबार अमेरिकाको कोलोराडोमा कलाकर्मिहरूलाइ सम्मान तथा सांगितीक कार्यक्रमका साथ भब्यरूपमा सम्पन्न भएको छ । नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए , हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र PHILIP HARMONY ORCHESTRA BOULDER को संयुक्त आयोजनामा ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम दर्शकहरूले खचाखच भरिएको बोल्डर थिएटरमा बिभिन्न सांगितीक कार्यक्रमका साथ कलाकर्मिहरूलाइ सम्मानगर्दै सम्पन्न भएको हो । फिल्म अवार्डमा झण्डै ५ दशक निरन्तर कलाक्षेत्रमा समर्पित विशिष्ठ कलाकार तथा चरित्र अभिनेता रामचन्द्र अधिकारीलाइ दीर्घसाधना सम्मान प्रदान गरिएको छ । यसैगरी समारोहमा अभियान श्री अवार्ड, स्मृती सम्मान, उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता र अभिनेतृसहित विभिन्न विधामा...
साइबाबाको १००औं जन्मजयन्तीको अवसरमा कोलोराडोमा भजन कृतन कार्यक्रम सम्पन्न

साइबाबाको १००औं जन्मजयन्तीको अवसरमा कोलोराडोमा भजन कृतन कार्यक्रम सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । साइबाबाको एक सयौं जन्मजयन्तीको अवसर पारेर कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा भजन कृतन कार्यक्रम सम्पन्न भएको छ । हनुमान चालिसा भजन कृतन समुहको आयोजनामा शनिबार बिहान ११ बजेदेखी १ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा कार्यक्रम सम्पन्न भएको हो । तेत्तीस कोटी देवी देवतामा बिश्वास गर्ने नेपाली सांस्कृतीक परंपरा अनुसार सबै देवी देवताहरुको आआफ्नै बिशेषता र महत्व रहेको छ । आयोजक समुहले कोलोराडोमा बिगत लामो समयदेखि निरन्तर रुपमा हरेक महिना हनुमान चालिमा भजन कृतन कार्यक्रम संञ्चालन गर्ने गरेको छ । सोही समुहको अग्रसरतामा आज साइबाबाको आरधाना भजन कृतन तथा अरती सम्पन्न गरिएको हो । नेपाली समुदायको आफ्नै घर नेपाली सांस्कृतीक केन्द्रमा संचालित कार्यक्रममा सहभागी भई पुण्य आर्जन साइबाबा प्रति आस्था राख्ने स्थानीय अमेरीकी, इन्डियन, कोलोराडो ...
अनेसास कोलोराडोको आयोजनामा देवकोटा जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न

अनेसास कोलोराडोको आयोजनामा देवकोटा जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर आयोजित कविता वाचन तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । बरिष्ठ पत्रकार हरिहर बिरहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १० बर्षिय बालक आरभ प्रसाइद्वारा लिखित उपन्यास बिमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा अयोजित कार्यक्रमा महाकवि देवकोटाको तस्बिरमा पुष्पमाला अर्पण गर्दै कार्यक्रम अगाडी बढाइएको थियो । कार्यक्रममा च्याप्टरका सचिव परिवेश शर्माले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित अतिथि, साहित्यकार सबैलाइ स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित बालबालिकाहरूले महाकवी देवकोटाप्रति आआफ्नो सृजना वाचन सहित श्रद्धा सुमन अर्पण गरेका थिए । यसै क्रममा बालबालिकाहरूले महाकवि देवकोटाको जीवनी, उनका साहित्यक रचना ...
बिडिए कोलोराडो च्याप्टरको नयां कार्यसमितिलाई पदभार हस्तान्तरण

बिडिए कोलोराडो च्याप्टरको नयां कार्यसमितिलाई पदभार हस्तान्तरण

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । बिडिए कोलोराडो च्याप्टरको प्रथम अधिवेशन तथा नयां कार्यसमितीलाइ पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शनिवार एक समारोहबचि संस्थाको प्रथम अधिवेशन तथा नयां कार्यसमितीलाइ पदभार हस्तान्तर कार्यक्रम सम्पन्न भएको हो। च्याप्टरको हालै सम्पन्न भेलाले नवराज मरासिनीको अध्यक्षतामा ७ सदस्सयि नयां कार्यसमिति चयन गरेको थियो । सोही समितिलाई कार्यभार हस्तान्तरण गरिएको हो । बिडिए कोलोराडो च्याप्टर अध्यक्ष डा. शारदा काफ्ले त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सुरूमा बिडिए कार्यकारी केन्द्रीय उपाध्यक्ष टिका पौडेलले स्वागत मन्तव्य दिएका थिए । स्वागत मन्तब्यको क्रममा उनले सन् २०१४ कोलोराडोमा पहिलो पटक राजु सिटौला र शैलेश पोखरेलले बिडिएको सदस्यता लिएको स्मरण गराएका थिए । च्याप्टर अध्यक्ष तथा कार्यक्रमका सभापति डा. शारदा काफ्...
एशोसिएसन अफ नेपाली ओरिजिन अमेरिकामा नयाँ नेतृत्व चयन

एशोसिएसन अफ नेपाली ओरिजिन अमेरिकामा नयाँ नेतृत्व चयन

अमेरिका । विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली ‘ओरिजिन’हरूको संस्था एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) मा भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकी राष्ट्रिय समिति चयन गरिएको छ । अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल सहरमा सम्पन्न सम्मेलनले समितिको उपाध्यक्षमा डा सञ्जु महतो, सचिवमा विवेक पौडेल, सहसचिवमा चन्द्र पराजुली, कोषाध्यक्षमा तृष्णा चिमोरिया र सदस्यसहितको नयाँ कार्यसमिति चयन गरेको एनएनओका केन्द्रीय महासचिव चूडामणि भट्टराईले जानकारी दिनुभयो । अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरद्राज आरणले सो सम्मेलनको उद्घाटन गर्दै नेपालको निर्माण र समृद्धिमा नेपाली जातिले ठूलो योगदान दिनसक्ने बताउँदै संसारभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राख्नुभयो । उहाँले संसारका विभिन्न मुलुकमा बसेका नेपाली मूलका मानिसहरुलाई कसरी पहिचान दिन सकिन्छ भन्नेबारे राजदू...
 नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित

 नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित

अमेरिका । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उहाँ निर्वाचित हुनुभएको हो । सम्मेलनमा जर्जिया, सियाटल, सिकागो, क्लोराडो, मेरिल्यान्ड, अलबमा, उत्तर तथा दक्षिण क्यारोलिना, फ्लोरिडा र वाशिङटन डिसीमा बसोबास गर्ने नेपालीको सहभागिता थियो । संस्था स्थापना भएको तीन दशकपछि नासाले पहिलोपटक महिला अध्यक्ष प्राप्त गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले यसअघि दुई कार्यकाल बोर्ड निर्देशक र महिला समितिको नेतृत्व  सम्हाल्नु भइसकेको छ । अमेरिकामा बसोबास गर्दै आउनुभएकी समाजसेवी गुरुङले २५ वर्षसम्म नेपाली समुदायको हक, हित र नेपाली कला, संस्कृति क्षेत्रका प्रवद्र्धमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ । सन् १९९९ बाट नासामा संलग्न गुरुङले नेपाली समुदा...
अमेरिकाको भर्जिनियामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न

अमेरिकाको भर्जिनियामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा विश्वभरिबाट नेपाली भाषाका विभिन्न विधाका सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्न आयोजना गरेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह शनिबार भर्जिनिया, अमेरिकामा भव्यताका साथ सम्पन्न भएको छ । २१ सय डलरको सर्वोत्कृष्ट पुस्तक पुरस्कारसहित कूल ११ हजार ५ सय डलर नगद पुरस्कार विभिन्न विधाका ११ कृतिका स्रष्टाले प्राप्त गरे । नेपालका ७ र अमेरिकाका ४ जना स्रस्टा पुरस्कृत भए । महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा सन् २००३ देखि अनेसासले हरेक दुई वर्षमा यो कार्यक्रम आयोजना गर्दछ । हरेक पछिल्ला दुई वर्षमा छापिएका पुस्तक दर्ता गराउने, मूल्याङ्कन गर्ने र पुरस्कार वितरणको समारोह अनेसास बोर्ड अफ ट्रस्टीले आयोजना गर्ने गर्दछ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकामा नेपाली मूलको पहिलो निर्वाचित सांसद डेलिगेट डा. हयारी भण्डार...
अमेरिकामा गुठीमार्फत भाषा, संस्कृतिको प्रवर्धन गरिंदै

अमेरिकामा गुठीमार्फत भाषा, संस्कृतिको प्रवर्धन गरिंदै

अमेरिका । अमेरिकाको पेन्सिलभेनियामा रहेका नेपालीले नेप्लिज गुठी (नेपाली गुठी) मार्फत नेपाली चाडपर्व, संस्कार संस्कृति मनाउने र नेपाली भाषाको समेत जगेर्ना गर्दै आएका छन् । नेपाली, भाषा, परम्परा, संस्कृति र चाडपर्वको प्रवर्धन गर्ने उद्देश्यले सन् २०१३ मा स्थापना गरिएको सो गुठीका अध्यक्ष विमल मोक्तानले अमेरिकामा रहेका नेपालीले सामूहिक रूपमा दसैँ, भाइटीका, होलीलगायतका पर्व मनाउँदै एकआपसमा खुसियाली साट्ने गरेको जानकारी दिनुभयो । उहाँले विभिन्न उद्देश्यले अमेरिका आएका नेपालीले परदेशमा आफ्नो मौलिक संस्कृति मनाउँदा आफ्ना सन्तानलाई नेपाली भाषाका साथै नेपालको संस्कृति, पर्वको महत्व बुझाउँदै आएको बताउनुभयो । उहाँले सो गुठी स्थापना गर्नुको उद्देश्यबारे भन्नुभयो, “शिक्षा, रोजगारीका लागि अमेरिका आउँदा आपत् परेका नेपालीलाई हामीले व्यक्तिगत रूपमै सहयोग गर्दै आएका थियौँ, कसैलाई सहयोग चाहिएपछि मन मिल्ने स...
कोलोराडोमा नेपाल सम्बत ११४६ को अवसरमा सिष्टर्स ग्रुप र हिरण्य भोजपुरे पुरस्कृत

कोलोराडोमा नेपाल सम्बत ११४६ को अवसरमा सिष्टर्स ग्रुप र हिरण्य भोजपुरे पुरस्कृत

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाल सम्वत ११४६ को अवशरमा नेवाः खलः कोलोराडोले सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडो र बरिष्ठ गायक, संगीतकार तथा समाजसेवी हिरण्य भोजपुरेलाइ पुरस्कृत गरेको छ । शनिबार संस्थाले नेपाल संम्बत ११४६ को अवशर पारेर कोलोराडो नेवाः खलः नेपाल संम्वत प्रवर्तक शंखधर साख्वा नेपाल संम्वत ११४५ सिरपा (पुरस्कार) सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडो र कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन नेपाल सम्वत ११४५ सिरपा (पुरस्कार) हिरण्य भोजपुरे प्रदान गरिएको हो । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको प्राङगणमा संखधर साख्वाको तस्विर, प्लेकार्ड र धिमेबाजा सहितको रर्याली पछि आयोजित बिशेष समारोहमा उनिहरूलाइ भब्यताका साथ सम्मान गरिएको हो । सगरमाथा आरोही रोहित श्रेष्ठ प्रमुख अतिथ्यता तथा बोल्डर काउन्टी कमिस्नर मार्था लोचाअमिनको विशेष अतिथ्यता रहेको कार्यक्रम नेपाल र अमेरिका...
कोलोराडोमा नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुँदै

कोलोराडोमा नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुँदै

कोलोराडो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको आयोजनामा कोलोराडोमा नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ । अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाका अनुसार आगामी सन् २०२६ मे २२–२५ सम्म वेस्टमिनिस्टर स्थित मा कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न तयारी शुरु गरिएको महासचिव सिटौलाले जानकारी दिए । ...