ग्लोबल भुटानीस कम्युनिटी कोलोराडोको वार्षिक समीक्षा तथा स्पोन्सर प्रशंसा कार्यक्रम सम्पन्न
-डेनभर, कोलोराडो । कोलोराडोमा बसोबास गर्ने नेपाली भाषी भुटानी समुदायको अग्रणी तथा सक्रिय संस्था ग्लोबल भुटानीस कम्युनिटी कोलोराडो (जीबीसीसी) ले आफ्नो Annual Review & Sponsors Appreciation Event अत्यन्त उत्साहजनक र भव्य रूपमा सम्पन्न गरेको छ ।
यो कार्यक्रमले सन् २०२५ का उपलब्धिहरूलाई गर्वका साथ समीक्षा गर्दै आगामी तीन वर्ष (२०२६–२०२८) को लागि स्पष्ट, महत्वाकांक्षी र योजनाबद्ध रोडम्याप प्रस्तुत गरेको छ । संस्थाका सचिव मणि खालिंग राईले संचालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष चूड़ामणि बरालले गरेका थिए भने उपाध्यक्ष भीम राई ‘क्षितिज’ ले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाको स्थापनाकालदेखि हालसम्मको यात्रा, चुनौती र सफलताको भावुक समीक्षा गरिएको थियो ।
संस्थाका चार प्रमुख संयोजकहरूले सन् २०२५ का उपलब्धिहरूको विस्तृत प्रस्तुति दिनुका साथै आगामी वर्षहरूका लागि प्रेरणादा...









