१९ बैशाख २०८२, शुक्रबार

कोलोराडो विशेष/अमेरिका

जय नेपाल फाउन्डेशनका आठवटा च्याप्टर गठन, कोलोराडोमा कुमारजंग कार्की

जय नेपाल फाउन्डेशनका आठवटा च्याप्टर गठन, कोलोराडोमा कुमारजंग कार्की

कोलोराडो । जय नेपाल इन्टरनेशनल फाउन्डेशनले विभिन्न देशहरुमा शाखा बिस्तार गरेको छ । फाउन्डेशनका अन्तर्राष्ट्रिय अध्यक्ष डा. यादव पण्डितका अनुसार अमेरिका, अस्ट्रेलिया र हङकङमा आठवटा च्याप्टरहरू गठन गरिएको हो । यसअघिनै नेपाल च्याप्टर गठन गरिएको थियो । गत आइतबार जुम मिटिङमार्फत सञ्चालन भएको च्याप्टर घोषणा कार्यक्रममा संयुक्त राज्य अमेरिकामा नर्दन क्यालिफोर्निया च्याप्टर, विस्कन्सिन च्याप्टर, केन्टकी च्याप्टर, कोलोराडो च्याप्टर, फ्लोरिडा च्याप्टर, सिकागो च्याप्टर, अस्ट्रेलिया र हङकङ गरी आठ च्याप्टर घोषणा गरिएको हो । अस्ट्रेलिया च्याप्टरको अध्यक्षमा डिल्ली बन्जाडे, हङकङ च्याप्टरको अध्यक्षमा कुलप्रसाद गुरुङ, नर्दन क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा यादवप्रसाद दाहाल, कोलोराडो च्याप्टर अध्यक्षमा कुमारजंग कार्की, विस्कन्सिन च्याप्टर अध्यक्षमा गोविन्द श्रेष्ठ, केन्टकी च्याप्टर अध्यक्षमा दिवाकर भट...
दुईवटा पाठेघर भएकी अमेरिकाकी महिलाले जुम्ल्याहा छोरी जन्माइन्

दुईवटा पाठेघर भएकी अमेरिकाकी महिलाले जुम्ल्याहा छोरी जन्माइन्

एजेन्सी । अमेरिकाको अलाबामाकी दुईवटा पाठेघर भएकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । ​ केल्सी ह्याचरले आफ्नो इन्स्टाग्राम अकाउन्ट ‘डबलुह्याचलिंग्स’ मा आफ्नो कहानी लेखेकी छन्, “हाम्रा चमत्कारिक बच्चाहरू जन्मेका छन् ।”​ रोक्सी लैला नामकी जेठी छोरीको जन्म गत मङगलवार भएको हो भने अर्की जुम्ल्याहा शिशु रिबेल लेकेनको बुधबार बिहान भएको हो। आमा र छोरीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।...
रकी माउन्टेन फ्रेन्डस् अफ नेपालमा दश सदस्यीय सल्लाहकार समिति गठन (नामावलीसहित)

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालमा दश सदस्यीय सल्लाहकार समिति गठन (नामावलीसहित)

–नातिबाबु भट्ट/ कोलोराडो । अमेरिकाको कोलोराडोमा सक्रिय नेपालीहरुको जेठो सामाजिक संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको हालै सम्पन्न कार्यसमितिको बैठकले दश सदस्सीय सल्लाहकार समिति गठन गरेको छ । बैठकबाट सर्बसम्मत चयन भएका सल्लाहकार समितिका सदस्यहरुमा नारायण श्रेष्ठ, पुरुषोत्तम पाण्डे, पदम बिश्वकर्मा, बिनोद त्रीपाठी, निलम श्रेष्ठ, टिका सिटौला, कुमारजंग कार्की, प्रेमकाजी श्रेष्ठ, ओम पकुवाल, शेनुप्रसाद तीवारी रहेका छन् । कोलोराडोको नेपाली समुदायमा रहेर बिभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याउनु हुने समाजसेवीहरुलाई संगटेर सल्लाहकार समिति चयन गरिएको संस्थाका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृती संरक्षण र पहिचाहनको लागी बडादशैं, नेपाली नयाँ बर्ष लगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यसैगरी संस्था...
अमेरिकास्थित नेपालीहरूको पुरानो संस्था एनसीएनसीको अध्यक्षमा डा. विकास शाक्य निर्वाचित

अमेरिकास्थित नेपालीहरूको पुरानो संस्था एनसीएनसीको अध्यक्षमा डा. विकास शाक्य निर्वाचित

अमेरिका । नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसीएनसी) को अध्यक्षमा डाक्टर विकास शाक्य निर्वाचित भएका छन् । संस्थाको सन् २०२४-२५ को नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा ४ सय ३६ मतसहित शाक्य निर्वाचित भएका हुन् । प्रतिस्पर्धी डाक्टर चिरञ्जीवी भट्टराईले २ सय ९७ मत पाएका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा ददिन पाण्डे, उपाध्यक्षमा नारायण लुइँटेल, महासचिवमा कल्पना भण्डारी निर्वाचित भए । सदस्यहरुमा प्रियान्सु नेपाल, रमेश ओली, निभिता शर्मा, कालिदाश भण्डारी र तीला धमला चौलागाई विजयी भएका छन् । सन् १९९९ मा स्थापित अमेरिकी राज्य नर्थ क्यारोलिनामा रहेको नेपालीहरूको सबैभन्दा पुरानो संस्था एनसीएनसी अमेरिकामा अत्यन्त सक्रिय नेपालीहरू आबद्ध संस्था मध्य एक हो । ...
स्रष्टा साँझ अमेरिकाद्वारा बज्जिका भाषाको पहिलो अन्तर्राष्ट्रिय जूम कार्यक्रम सम्पन्न

स्रष्टा साँझ अमेरिकाद्वारा बज्जिका भाषाको पहिलो अन्तर्राष्ट्रिय जूम कार्यक्रम सम्पन्न

अमेरिका । स्रष्टा साँझ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय बज्जिका साहित्यिक कार्यक्रम बुधवार सम्पन्न भएको छ । अमेरिकामा रहेका बज्जिका तथा नेपाली भाषाका साहित्यकार विश्वराज अधिकारीको संयोजनमा भएको कार्यक्रममा नेपाल, भारत तथा अमेरिकाका साहित्यकार तथा भाषासेवीहरु सहभागी थिए । बज्जिका साहित्यकार सञ्जय साह मित्रको सभापतित्वमा भएको कार्यक्रममा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले बज्जिका भाषा र साहित्यको इतिहासको बारेमा प्रकाश पार्दै पछिल्ला केही वर्षमा बज्जिका भाषा र साहित्यको विकासको गति सन्तोषजनक भएको बताएका छन् । कार्यक्रममा गौरबाट साहित्यकार विन्दा साहनीले बज्जिका साहित्यको वर्तमान अवस्थाबारे प्रकाश पार्दै बज्जिका साहित्यमा पुराना बज्जिका शब्दको प्रयोग अपेक्षित रहेको बताएका छन् । यसैगरी बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले बज्जिका भ...
नेपाली समाज टेक्ससको अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित

नेपाली समाज टेक्ससको अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित

अमेरिका । नेपाली समाज टेक्सस (एनएसटी) को अध्यक्षमा पुनः राजेन्द्र वाग्ले निर्वाचित भएका छन् । उनले अब २ वर्ष संस्थाको नेतृत्व गर्ने भएका हुन् । शनिबार सम्पन्न निर्वाचनको नतिजा आइतबार बिहान प्रकाशित हुँदा ८८५ मतसहित वाग्ले अध्यक्षमा निर्वाचित भएका हुन् । पाएका छन् । उनका प्रतिद्वन्द्वी कमलराज सत्यालले ६११ मत पाएका छन् । नेपाली समाज टेक्ससमा सदस्य रहेका दुईहजार ५ सय १२ सदस्यमध्ये एकहजार ५ सय ६४ जनाले मतदान गरेका थिए । संस्थाको वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी, उपाध्यक्षमा बलराम पौडेल, महासचिवमा विजय भुसाल, सचिवमा पुण्य पाण्डे, कोषाध्यक्षमा रामकृष्ण यादव, सहकोषाध्यक्षमा गोबिन्दराज जोशी, युवा संयोजकमा प्रविश श्रेष्ठ, स्पोर्टस संयोजकमा निलेश श्रेष्ठ निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा साबित्री भण्डारी र महिला संयोजकमा शान्ताकुमारी गिरी निर्विरोध भएका थिए । त्यस्तै कार्यसमितिका सदस्यहरुमा र...
अमेरिकाको बोस्टनमा ‘सुसेली साँझ’ हुँदै, सम्पूर्ण तयारी पूरा

अमेरिकाको बोस्टनमा ‘सुसेली साँझ’ हुँदै, सम्पूर्ण तयारी पूरा

–सुपेन्द्र बस्नेत/बोस्टन । अमेरिकाको बोस्टन सहरमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रम ‘सुसेली साँझ’ को तयारी पूरा भएको छ । बोस्टन स्थित 'बोस्टन लोक सुसेली समूह'ले यही डिसेम्बर १६ तारिख शनिबार 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिरमा आयोजना गर्न लागेको कार्यक्रमको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ। संस्थाका संस्थापक तथा लोक तथा दोहोरी गीत गायक मिन केसीका अनुसार कार्यक्रम स्थलको व्यवस्थापन, अतिथिहरुलाई निम्तो, सहयोग टिक बिक्री, प्रचारप्रसार, माइक तथा क्यामराको व्यवस्थालगायत अन्य तयारीका कामहरु पुरा भएका छन् । गायक केसीले कार्यक्रमको मुख्य उद्देश्य ‘इन्द्रेणी कोष’का लागि आर्थिक सहयोग जुटाउने भएतापनि, नेपाली गीत तथा संगीतमय माहोल बनाएर सहभगीहरुलाई भरपूर मनोरञ्जन दिलाउने गरी आवश्यक तयारी पूरा गरिएको जानकारी दिएका छन् । उक्त कार्यक्रमका प्रमुख आकर्षक...
अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीको आलोचना

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीको आलोचना

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीलाई लिएर कडा आलोचना गरेका छन् । वासिङ्टनमा कोष सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इजरायलले गाजामाथि लगातारको बमबारीसँगै विश्वव्यापी समर्थन गुमाउन थालेको टिप्पणी गरे । यसअघि हमासले अक्टोबर ७ मा आक्रमण सुरु गरेदेखि नै इजरायललाई पूर्ण समर्थन गर्दै आएका राष्ट्रपति बाइडेनको पछिल्लो टिप्पणीलाई लिएर धेरैले आश्चर्य मानेका छन् । तर उनले अमेरिका अहिले पनि इजरायलको साथमै रहेको दोहोर्‍याएका छन् ।...
पशुपतिनाथ बुद्ध फाउण्डेशनको अध्यक्षमा बिरोचन नेपाल, महासचिवमा गौरवराज थपलिया चयन

पशुपतिनाथ बुद्ध फाउण्डेशनको अध्यक्षमा बिरोचन नेपाल, महासचिवमा गौरवराज थपलिया चयन

अमेरिका । अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन) को आगामी दुइ वर्षीय कार्यकाल (२०२३–२५) का लागि बिरोचन नेपालको अध्यक्षतामा २५ सदस्यीक नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको निवर्तमान अध्यक्षमा विष्णु कार्की, प्रथम उपाध्यक्षमा यलिना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मिलनकुमार कार्की, तृतीय उपाध्यक्षमा यम पौडेल, महासचिवमा गौरवराज थपलिया, सचिवमा सञ्जय तिमल्सिना, कोषाध्यक्षमा खगेन्द्र रेग्मी, सहकोषाध्यक्षमा मुरारी पोखरेल र प्रवक्तामा परशुराम फुयाल चयन भएका छन् । गत आइतबार ब्रेन्ट्री स्थित संस्थाको आफ्नै भवनमा सम्पन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।...
नेपाली पहिचानलाई जीवन्त राख्ने प्रयासको एनआरएनए अमेरिकाका अध्यक्ष बञ्जाडेद्वारा प्रसंशा

नेपाली पहिचानलाई जीवन्त राख्ने प्रयासको एनआरएनए अमेरिकाका अध्यक्ष बञ्जाडेद्वारा प्रसंशा

न्युयोर्क । गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा अर्जुन बञ्जाडेले संस्कृतिका माध्यमबाट अमेरिकामा नेपाली पहिचानलाई जीवन्त राख्न गरिएको प्रयासको प्रशंसा गरेका छन् । नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बञ्जाडेले उक्त कुरा बताएका हुन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आइतबार आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ कलाकारहरुले प्रस्तुति दिएका थिए । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्य, गायक एवं सङ्गीतकार कालिप्रसाद बाँस्कोटा, गायिका प्रविसा अधिकारी, दोहोरीगीत प्रस्तोता कृष्ण कँडेल तथा गायक विमल डाँगी र निशा विश्वकर्माको प्रस्तुतिले यहाँ भेला भएका नेपाली भाषी दर्शकलाई निकै मनोरञ्जन दिएको थियो । सोही समारोहमा...