२९ फाल्गुन २०८२, शुक्रबार

कोलोराडो विशेष/अमेरिका

एनआरएनए एनसीसी अमेरिकाको १३औं वार्षिक साधारण सभा मेरील्याण्डमा हुँदै

एनआरएनए एनसीसी अमेरिकाको १३औं वार्षिक साधारण सभा मेरील्याण्डमा हुँदै

अमेरिका । एनआरएनए एनसीसी संयुक्त राज्य अमेरिकाको १३ औं वार्षिक साधारण सभा जूलाई १३ र १४ तारिखमा हुने भएको छ । यसअघिनै बोर्ड बैठकले बाल्टीमोर, मेरील्याण्डमा वार्षिक साधारण सभा र ज्ञान साझेदारी सम्मेलन आयोजना गर्ने मिति तय गरेको एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बञ्जाडेले उल्लेख गरेका छन् । उक्त एजिएमबाट वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी दिनका कार्ययोजना पारित गरिने छ ।...
अमेरिकाको न्यूयोर्कमा १५ सेप्टेम्बरमा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

अमेरिकाको न्यूयोर्कमा १५ सेप्टेम्बरमा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

अमेरिका । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा २०२४ सेप्टेम्बर २८ तारिखमा हुने तय भएकोमा १५ सेप्टेम्बरमा आयोजना हुने भएको छ । यसअघि २८ सेप्टेम्बर आयोजना हुने भनिएको अवार्ड प्राविधिक कारणले अगाडि सरेको त्रिवेणी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष नवराज केसीले बताए । चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदै आएको र यस वर्षको अवार्ड कार्यक्रम पनि अघिल्लो वर्षझैँ न्यूयोर्क शहरमा हुने नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताए । एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सहप्रयोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन...
अमेरिकामा प्रवासी नेपालीहरुको एएफसी अर्जेन्ट केयर क्लिनिकले सेवा दिन सुरु

अमेरिकामा प्रवासी नेपालीहरुको एएफसी अर्जेन्ट केयर क्लिनिकले सेवा दिन सुरु

सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकामा रहेका प्रवासी नेपालीहरुद्वारा सञ्चालित अमेरिकन फ्यामिली केयर अर्जेन्ट केयर क्लिनिक (AFC-Urgent Care Clinic) ले आफ्नो सेवाहरु दिन सुरु गरेको छ । अमेरिकाको म्यासाच्युसेट्स राज्यको नरउड टाउनको 956 Boston Providence Hwy, Norwood, MA-02062 मा अवस्थित यस क्लिनिकको औपचारिक उद्घाटन गरी आफ्ना सेवाहरु दिन सुरु गरिएको हो । जुन १८ तारिख मंगलबारका दिन आयोजित विशेष कार्यक्रममा क्लिनिकका प्रमुख कार्यकारी अधिकृत सुशीलचन्द्र पौडेल र मेडिल डाइरेक्टर डाक्टर अशोक देवकोटाले संयुक्त रुपमा रिबन काटेर क्लिनिकको औपचारिक उद्घाटन गरेका थिए । नेपोन्सेट रिभर रिजनल चेम्बर अफ कमर्सका अध्यक्ष टिम म्याक्केबले उद्घाटन कार्यक्रमलाई अघाडि बढाउदै क्लिनक सञ्चालक परिवारको कामलाई खुलेर प्रशंसा गरेका थिए । उनले नरउडमा नयाँ एएफसि अर्जेन्ट केयर सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्द...
अमेरिकामा मनाइयो २०औं रक्तदाता दिवस र १४औं बीडीए स्थापना दिवस

अमेरिकामा मनाइयो २०औं रक्तदाता दिवस र १४औं बीडीए स्थापना दिवस

-नातीबाबु भट्ट (कोलोराडो, अमेरिका) । सदा झैँ यसपटक पनि ब्लड डोनर्स अफ अमेरिका (बीडीए) ले २०औं विश्व रक्तदाता दिवस र बीडीएको १४ औं स्थापना दिवसको उपलक्ष्यमा जूम मार्फत कार्यक्रम आयोजना गरि सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिंदै शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा अमेरिका बाहेक क्यानाडा तथा नेपालबाट पनि सहभागिता रहेको थियो । बीडीएका बरिष्ठ उपाध्यक्ष शिव काफ्लेले सबै सहभागीहरुलाई स्वागत गरेका थिए भने अध्यक्ष भुषणलाल श्रेष्ठले रक्तदाता दिवसको महत्व र उपलब्धिको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा बीडीएका पूर्व अध्यक्ष डा. नन्द रेग्मीले ब्लड डोनर्स अफ अमेरिका हिजो, आज र भोलिको बारेमा छोटकरीमा प्रकाश पारेका थिए । त्यसैगरी कार्यक्रममा म्याराथन धावक तथा बीडीएका आजीवन सदस्य ८० पटक भन्दा धेरै रक्तदान गरिसकेका टेक्सास निवासी अनुप श्रेष्ठले रक्तदान सम्बन्धमा आफ्नु अनुभव सुनाएका ...
उत्तर अमेरिकाव्यापी नेपाली कविता प्रतियोगिता हुने

उत्तर अमेरिकाव्यापी नेपाली कविता प्रतियोगिता हुने

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र एएनएको सहआयोजनामा उत्तर अमेरिकाव्यापी नेपाली कविता प्रतियोगिता हुने भएको छ । आगामी जूलाई १९–२१ सम्म अमेरिकाको क्यालिफोर्निया स्थित सन्फ्रान्सिस्को शहरमा हुन लागेको दि एशोसियशन अफ नेप्लिज इन अमेरिका (एएनए) को सम्मेलनका अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकहरुले जुलाई १० भित्र कविता पठाउन सक्ने छन् । कविता अधिकतम २०० शब्दको हुनु पर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५००, ३०० र २०० डलर पुरस्कार पाउने छन् । ...
नेपाली घरका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण जुन २२ मा हुँदै, सहभागी हुनअनुरोध

नेपाली घरका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण जुन २२ मा हुँदै, सहभागी हुनअनुरोध

–नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरको आगामी कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सपथ तथा पदभार ग्रहण समारोह यही जुन २२ तारिक शनिबार हुने भएको छ । हालै सम्पन्न कार्यसमितिको बैठकले जुन २२ तारिक शनिबार दिउँसो २ बजेदेखी ५ बजेसम्म संस्थाको आफ्नै भवन नेपाली संस्कृतिक केन्द्र नेपाली घरमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पदभार हस्तान्तरण गर्ने निर्णय भए अनुसार कार्यक्रम गर्न लागिएको हो । संस्थामा आजीवन, परिवार, ब्यक्तिगत, बिध्यार्थी र मानार्थ गरी झण्डै ६ सय सदस्यहरू आबद्ध रहेका छन् । संस्थाको कार्यक्रममा सहभागी हुन सबै सदस्य, संघसंस्थाका प्रतिनिधि, बुद्धीजीवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपालीभाषी बुबाआमा, दाजुभाई, दिदीबहिनी तथा नेपाली घरप्रति सद्भाव राख्ने सबैलाई उपस्थित भइ नवनिर्वाचित स...
कोलोराडो निवासी नेपाली गीतसंगीतप्रेमी माझ लोकप्रिय गायक कृष्ण काफ्लेको सांगीतिक साँझ

कोलोराडो निवासी नेपाली गीतसंगीतप्रेमी माझ लोकप्रिय गायक कृष्ण काफ्लेको सांगीतिक साँझ

कोलोराडो । अमेरिकाको कोलोराडोमा लोकप्रिय गायक कृष्ण काफ्लेले आफ्ना चर्चित गीत संगीत प्रस्तुत गरेका छन् । गायक काफ्लेको अमेरिका भ्रमणका अवसरमा कोलोराडो निवासी नेपाली गीतसंगीत प्रेमीहरुमाझ ८ जून शनिबारका दिन सांगीतिक साँझ कार्यक्रम भएको हो । कोलोराडो निवासी समाजसेवी, एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलको संयोजनमा बाजेको सेकुवा कोलोराडोमा सम्पन्न सांगीतिक साँझमा नेपाली गीतसंगीतप्रेमी १२० जनाको सहभागिता रहेको थियो । नेपाली गायन क्ष्रेत्रमा आफुलाई पार्स्व गायकको रुपमा अब्बल साबित गर्न सफल हुनुका साथै नेपाली गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सक्नुभएका कृष्ण काफ्लेले २०६४ सालबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेर अहिलेसम्म ५०० भन्दा बढी लोकप्रिय र चर्चित गीतहरु गाएर गीतसंगीत क्षेत्रको लागि महत्वपूर्ण योग्दान दिईसक्नु भएको छ । देश तथा बिदेशमा रहेका नेपालीहरू माझ सकारात्मक् सन्...
कोलोराडोको अरोरामा यसरी शुरु भयो नेपाली भाषा पाठशाला

कोलोराडोको अरोरामा यसरी शुरु भयो नेपाली भाषा पाठशाला

–नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो राज्यको अरोरामा जुन १ शनिबारदेखि नेपाली भाषा पाठशाला सञ्चालनमा आएको छ । अरोराको पाठशाला साना भाइ लहन शाक्यले रिवन काटेर औपचारिक रूपमा समुद्घाटन गरेका हुन् । स–साना नानीहरूको ग्रीष्मकालीन छुट्टीमा नेपाली मातृभाषा सिकाउने ध्येयले नेपाली भाषा पाठशालालाई निरन्तरता दिंदै आएको व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य राजु खनालले बताएका छन् । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव किरण अधिकारीले यस वर्ष स्कूल सञ्चालनमा सहयोगी नियमित तथा अतिथि शिक्षकशिक्षिकाहरू एवम् स्वयम् सेवक–सेविकाहरूको परिचय गराएका थिए । अनेसासले गत वर्षदेखि यो स्कूल चलाउन सघाउँदै आएको छ भने उत्तरी क्षेत्रका लागि दिदीबहिनी समूह लगायत अन्य सामाजिक संस्थाहरूको सहयोगमा नेपाली घरमा विगत ३ वर्षदेखि नेपाली भाषा सञ्चालन गरिंदै आएको छ । अरोरा पाठशालाको शुरू दिन...
नेपाल र नेपालीलाई विश्व सामु चिनाउन समरभिल सिटीमा सांस्कृतिक महोत्सव सम्पन्न

नेपाल र नेपालीलाई विश्व सामु चिनाउन समरभिल सिटीमा सांस्कृतिक महोत्सव सम्पन्न

-सुपेन्द्र बस्नेत (अमेरिका, बोस्टन) । अमेरिकाको म्यासाच्युसेट्स राज्यको समरभिल सिटीमा आयोना गरिएको ‘समरभिल नेपाली सांस्कृतिक महोत्सव–२०२४’ भव्यताका साथ सम्पन्न भएको छ । गत जुन १ तारिख शनिवार एनआरएनए, म्यासाच्युसेट्स च्याप्टर र समरभिल सिटी अन्तर्गतको समरभिल कला परिषद एवम् समरभिभा आप्रवासी मामिलाको कार्यालयद्वारा संयुक्त रुपमा आयोजित महोत्सव भव्यताका साथ सम्पन्न भएको हो । नेपाली भाषीहरुलाई संगठित गर्ने, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, परम्परा, पहिरनआदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्ने र समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको थियो । एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठको अध्यक्षता रहेको उक्त कार्यक्रमको उद्घाटन एनआरएनए, एनसिसि, अमेरिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि डाक्टर अर...
अमेरिकाको कोलोराडोमा शुरु भयो नेपाली भाषा पाठशाला (फोटो फिचरसहित)

अमेरिकाको कोलोराडोमा शुरु भयो नेपाली भाषा पाठशाला (फोटो फिचरसहित)

कोलोराडो । अमेरिकाको कोलोराडो निवासी नेपालीमूलका बालबालिकाहरुलाई नेपाली भाषा पढ्न, लेख्न, सुन्न र बोल्ने सिकाउने उद्देश्यसहित यसवर्ष पनि जून १ तारिखबाट नेपाली भाषा पाठशालाको कक्षा सञ्चालन शुरु भएको छ । हरेक शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म कोलोराडाको वेष्टमिनस्टर स्थित नेपाली घर र अरोराको स्मोकी हिल चर्चमा नेपाली भाषा पाठशाला सञ्चालन हुने अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले बताउनु भयो । यसपटक वेष्टमिनस्टर स्कूलमा ५८ जना र अरोरा स्कूलमा ३५ जना नेपाली बालबालिका भर्ना भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको नेतृत्वमा दिदीबहिनी समूह (सिस्टर्स ग्रुप), एनआरएनए कोलोराडो, नेपाली घर र रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाली संस्थाको सहयोग र समन्वयमा नेपाली भाषा पाठशाला सञ्चालन भएको हो । यो गर्मीको बिदामा आफ्ना बालबालिकालाई नेपाल भाषा पाठशालामा पढाउने गरिएको...