२९ फाल्गुन २०८२, शुक्रबार

कोलोराडो विशेष/अमेरिका

अमेरिकाको बोस्टनमा भव्यताका साथ ‘नेपाल डे’ मनाउने तयारी

अमेरिकाको बोस्टनमा भव्यताका साथ ‘नेपाल डे’ मनाउने तयारी

–सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकाको म्यासाच्युसेट्स राज्यमा ‘नेपाल डे–२०२४’ मनाइने भएको छ । कार्यक्रम स्थललाई नेपालमय बनाउदै ‘नेपाल डे’ भव्यताका साथ मनाउन आवश्यक तयारीलाई तिब्र पारिएको छ । गत वर्षदेखि मनाउन सुरु गरिएको नेपाल डेलाई यसवर्ष पनि निरन्तरता दिन ग्रेटर बोस्टन क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरु उत्साहका साथ तयारीका लागि एकजुट भएका हुन्। कार्यक्रमको आयोजनाको नेतृत्व ग्रेटर बोस्टन क्षेत्रमा रहेका नेपाली समुदायको अग्रणी संस्था ‘ग्रेटर बोस्टन नेपाली कम्युनिटी’ (जिबिएनसि) ले गर्दैछ । कार्यक्रमलाई सफल बनाउन म्यासाच्युसेट्स राज्यको एभरेट सिटीले साझेदारी गरिरहेको छ भने, यस क्षेत्रमा रहेका अन्य नेपाली समुदायका संघ संस्थाहरुले पनि साथ दिइरहेका छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रम, आउदो अगष्ट ४ तारिख आइतबारका दिन एभरेट सिटी स्थित ग्लेन्डल पार्कमा हुँदैछ ...
टेक्ससमा स्थापित हेम-सरिता पाठक फाउन्डेसनले पत्रकारद्वय मातृका र दीपालाई पुरस्कार प्रदान गर्ने

टेक्ससमा स्थापित हेम-सरिता पाठक फाउन्डेसनले पत्रकारद्वय मातृका र दीपालाई पुरस्कार प्रदान गर्ने

अमेरिका । अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित भ्रष्टाचार विरुद्धको ‘टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाललाई संयुक्त प्रदान गर्ने निर्णय गरेको छ । दुई लाख राशिको भ्रष्टाचार विरुद्धको “टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’को नतिजा प्रकाशित गर्दै नेपाली पत्रकारितामा चर्चित कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाल र उकालो डटकमकी दीपा दाहाललाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको हेम–सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक फाउन्डेसन पत्रकारिता, साहित्य, संगीतलगायत विभिन्न क्षेत्रमा रहेर भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सक्रिय छ । यहीमध्येको अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ...
सान फ्रान्सिस्कोमा एएनए राष्ट्रिय सम्मेलनः अन्तिम दिन कविता महोत्सव सम्पन्न

सान फ्रान्सिस्कोमा एएनए राष्ट्रिय सम्मेलनः अन्तिम दिन कविता महोत्सव सम्पन्न

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा एसोसिएसन अफ नेपलिज इन अमेरिकाज (एएनए) द्वारा आयोजित एएनए राष्ट्रिय सम्मेलन २०२४ सम्पन्न भएको छ । उक्त सम्मेलन जुलाई १९ देखि २१ सम्म सञ्चालन भएको थियो । जुलाई २१ का दिन साहित्य कार्यक्रम अन्तरगत कविता महोत्सवसहित पुरस्कार वितरण तथा समापन भएको थियो । कविता प्रतियोगितामा जमुना भट्टराई, प्रकाश पाण्डे र उमा शर्मालाई पुरस्कृत भएका थिए । कविता प्रतियोगिताका निर्णायकहरुमा भारती गौतम, नीलम कार्की निहारिका र धर्मराज कोईराला थिए । उक्त कार्यक्रममा नवरत्न पुरस्कारबाट सम्मानित रीतादेवी प्रधान र बालतारा आशिर्वाद अधिकारीलाई सम्मानित गरिएको थियो । कार्यक्रमको सभापतित्व एएनए अध्यक्ष तथा सम्मेलन सभापति खगेन्द्र अधिकारीले गरेका थिए । अमेरिकाव्यापी नेपाली कविता प्रतियोगितामा १७ जना कविहरु छनौट गत शुक्रवार साँझदेखि नै सुरु भएको सम्मेलनको दो...
कोलोराडोमा नेपाली जात्राः भोजपुरे दम्पत्ती लङमन्ट सिटीद्वारा अभिनन्दित (फोटो फिचर)

कोलोराडोमा नेपाली जात्राः भोजपुरे दम्पत्ती लङमन्ट सिटीद्वारा अभिनन्दित (फोटो फिचर)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्ट सिटीमा आयोजित नेपाली जात्रा सम्पन्न भएको छ । जात्रामा कलाकार तथा समाजसेवीद्वय हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठलाई स्थानीय लङमन्ट सिटीद्धारा भब्य समारोहबीच अभिनन्दन गरेको छ । नेपाली जात्रा स्थानीय लङमन्ट सिटी तथा स्थानीय संघ संस्थाहरूको सहयोग र समन्वयमा लङमन्ट डाउनटाउनमा सम्पन्न भएको हो । सोही समारोहमा नेपाली समाज र नेपाल राष्ट्रकोलागी हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवैले नेपाली गीत, संगीत, कला, साहित्य र समाज सेवाको माध्यमबाट पुर्याएको योगदानको उच्च कदर गर्दै कोलोरडोवासी नेपालीहरुको पहलमा Longmont city का मेयर Joan Peck ले नेपाली ढाकाटोपी, दोसल्ला, पुष्प गुच्छा तथा कदर पत्र प्रदानगरी अभिनन्दन गरेकी हुन् । हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवै नेपाली गीत, संगीत, कला र साहित्यका बिशिष्ठ प्रतिभा हुन ...
भानु जयन्तीका अवसरमा अनेसास कोलोराडोको आयोजनामा बधाई ज्ञापन कार्यक्रम सम्पन्न

भानु जयन्तीका अवसरमा अनेसास कोलोराडोको आयोजनामा बधाई ज्ञापन कार्यक्रम सम्पन्न

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको आयोजनामा २११औं भानु जयन्तीका अवसरमा जुलाई २० शनिबारका दिन नेपाली घरमा भानु जयन्ती तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेसास केन्द्रीय समितिको हालै सम्पन्न निर्वाचनबाट महासचिवमा निर्वाचित कोलोराडो शाखा अध्यक्ष राजु सिटौला र कोषाध्यक्षमा निर्वाचित पूर्व शाखाअध्यक्ष तारा अधिकारीलाई खादा–मालासहित बधाई ज्ञापन गरिएको हो । अनेसास कोलोराडोका महासचिव किरण अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा शाखा अध्यक्ष राजु सिटौलाले आदिकवि भानुभक्त आचार्यको छोटो जीवनी प्रस्तुत गर्नु भएको थियो । त्यस्तै बालकवि रचित रेग्मीबाट भानुभक्तको रचनामा आधारिक केही श्लोक बाचन गरिएको थियो । कार्यक्रममा आदिकवि भानुभक्तसँग सम्बन्धित ३–४ वटा रचन बाचन गरिएको ...
अमेरिकामा रहेका नेपालीहरुलाई उपयोगी हुने ‘जब पोर्टल’ सञ्चालन गरिने

अमेरिकामा रहेका नेपालीहरुलाई उपयोगी हुने ‘जब पोर्टल’ सञ्चालन गरिने

अमेरिका । नेपालबाट अमेरिका गएका र हाल अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुलाई सहयोग पुग्ने गरी ‘जब पोर्टल’ सञ्चालन गरिने भएको छ । जागिरको खोजीमा रहेका नेपालीहरुका लागि सहयोग पुर्याउने उद्देश्यले उक्त पोर्टल डिजाइन गरिएको हो । एनआरएनए एनसीसी अमेरिकाकी बीओडी दुर्गा तिवारीको कन्सेप्ट अनुसार उक्त पोर्टल डिजाइन गरिएको हो । उक्त पोर्टल डिजाइन गर्नका लागि टाक्सफोर्स चेयर दिनेश तिवारी र को-चेयर दुर्गा तिवारी तथा सदस्यमा सफ्वेयर डेभलपर भूपीन तिवारी र भुवन तिवारी रहेका छन् । उक्त सफ्टवेयरको बारेमा एनआरएनए एनसीसी अमेरिकाको हालै सम्पन्न १३औं वार्षिक साधारण सभामा सफ्टवेयर डेभलपर भूपीन तिवारी र भुवन तिवारीले प्रस्तुतीकरण गरेका थिए । कामको खोजीमा रहेका नेपाली भाषीहरुका लागि उपयोगी हुने उक्त पोर्टल (लिंक) को बाँकी काम एनआरएनए अमेरिकाको आईटी विभागले गर्ने र जसले गर्दा जब एप्लाई र जब पोस्ट गर्ने अवसर मिल...
अमेरिकाको बोस्टनमा नेपाली वोमन्स ग्लोबल नेटवर्कको बनभोज कार्यक्रम सम्पन्न

अमेरिकाको बोस्टनमा नेपाली वोमन्स ग्लोबल नेटवर्कको बनभोज कार्यक्रम सम्पन्न

-सुपेन्द्र बस्नेत (बोस्टन) । अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टनमा नेपाली मूलका नारीहरु आबद्ध संस्था ‘नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इंग्ल्याण्ड च्याप्टर (एनडब्लुजिएन) को बनभोज कार्यक्रम सम्पन्न भएको छ । नेपाली मूलका नारीहरुलाई एकताबद्ध गराइ मनोरञ्जनको माध्यमबाट आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने मुख्य उद्देश्यले जुलाई १४ तारिख आइतबार बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा संस्था परिवारका साथै सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । एनडब्लुजिएनले समुदायको उत्थानका लागि पुर्याउँदै आएको योगदान र भावी दिनहरुमा खेल्नु पर्ने भूमिकाका बारेमा चर्चा परिचर्चा गरिएको कार्यक्रम, लक्ष्य अनुसार सफल भएको संस्थाको प्रतिक्रिया छ । संस्थाकी न्यू इंग्ल्याण्ड च्याप्टरकी अध्यक्ष कल्पना श्रेष्ठले कार्यक्रम उल्लासमय, मनोरञ्जनात्मक र उपलब्धिमूलक भएको प्रतिक्रिया दि...
कोलोराडोस्थित रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको २२औं साधारण सभा सम्पन्न

कोलोराडोस्थित रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको २२औं साधारण सभा सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा रहेका नेपाली समुदायबीच सक्रिय जेठो संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको २२औं बार्षिक साधारण सभा एक समारोहबीच सम्पन्न भएको छ । नेपालीहरुको आस्थाको केन्द्र नेपाली घरमा शनिबार बिहान १० बजे देखी दिउँसो १ बजेसम्म आयोजित साधारण सभा बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धीजीवी, समाजसेवी, कलाकार, व्यवसायी, पत्रकार, गन्यमान्य तथा नेपालीभाषी बाआमा, दाजुभाइ, दिदीबहिनीहरुको उपस्थिती थियो । समाजसेवीद्धय रोहिणीकुमार शर्मा र विजयराज शर्माको विशेष उपस्थितीमा सम्पन्न २२औं साधारण सभाले संस्थाका उपाध्यक्ष बिकास त्रिपाठीद्धारा पेश गरिएको आर्थिक प्रतिवेदन र अध्यक्ष अर्जुन बगालेद्धारा पेश गरिएको संस्थाको प्रगती प्रतिवेदन तथा भावी कार्ययोजना बिभिन्न सुझावसहित पारित गरेको थियो । संस्थाका अध्यक्ष अर...
अनेसासको अध्यक्षमा सर्वज्ञ वाग्ले र महासचिवमा राजु सिटौला निर्वाचित (मत परिणामसहित)

अनेसासको अध्यक्षमा सर्वज्ञ वाग्ले र महासचिवमा राजु सिटौला निर्वाचित (मत परिणामसहित)

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति २०२४–२०२६ कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा सर्वज्ञ वाग्ले निर्वाचित हुनु भएको छ । वाग्ले ८५९ मतसहित अध्यक्षमा निर्वाचित हुँदा प्रतिद्वन्द्वी बिमला निरौलाले ५९५ मत पाउनु भएको थियो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा लालगोपाल सुवेदी, अमेरिका महादेशीय उपाध्यक्षमा सुदिपभद्र खनाल, एसिया महादेशीय उपाध्यक्षमा सरिता अर्याल, अफ्रिका महादेशीय उपाध्यक्षमा गणेश खड्का, युरोप महादेशीय उपाध्यक्षमा डिल्लीराम अम्माइ, ओशीयानिया महादेशीय उपाध्यक्षमा हरिप्रसाद अधिकारी निर्वाचिन हुनु भएको छ । यता महासचिवनमा राजु सिटौला, सचिवमा रविन शर्मा, कोषाध्यक्षमा तारा अधिकारी निर्वाचित हुनु भयो । त्यसैगरी सदस्यहरुमा सुमन वर्षा घिमिरे, पुष्पा खनाल, दीप कार्की, रत्ना लोक्सोम सुब...
तमु धी कोलोराडोको अध्यक्षमा जीतबहादुर गुरुङ चयन

तमु धी कोलोराडोको अध्यक्षमा जीतबहादुर गुरुङ चयन

कोलोराडो । तमु धी कोलोराडोको अध्यक्षमा जीतबहादुर गुरुङ चयन हुनु भएको छ । त्यसैगरी उपाध्यक्षमा पुष्प गुरुङ, सचिवमा दीपा गुरुङ र कोषाध्यक्षमा कमला गुरुङ निर्वाचित हुनु भएको छ । त्यसैगरी पब्लिक रिलेशन अफिसरमा प्रकाशजंग गुरुङ र कल्चरल सेक्रेटरीमा लीलाजंग गुरुङ चयन हुनु भएको छ । संस्थाको निवर्तमान अध्यक्षमा चन्द्रमान गुरुङ हुनुहुन्छ ।...