समरभिल नेपाली सांस्कृतिक महोत्सव २०२४ को तयारीमा जुट्यो एनआरएनए
अमेरिका (बोस्टन) । यतिबेला गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टर ‘समरभिल नेपाली सांस्कृतिक महोत्सव–२०२४’ को तयारीमा जुटेको छ ।
एनआरएनए, म्यासाच्युसेट्स च्याप्टर र समरभिल सिटी अन्तर्गतको समरभिल कला परिषद एवम् समरभिभाः आप्रवासी मामिलाको कार्यालयको संयुक्त आयोजनामा आउदो जुन १ तारिख शनिवारका दिन अपरान्ह साँढे ३ बजेदेखि साँझ साँढे ८ बजेसम्म यूनियन स्क्वायर समरभिलमा हुन गइरहेको उक्त महोत्सवको तयारी तीब्र रुपमा भइरहेको हो ।
नेपाली भाषीहरुलाई संगठित गर्ने, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, परम्परा, पहिरनआदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्ने र समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरका उपाध्यक्ष एवम् समरभिल नेपाल...









