२९ फाल्गुन २०८२, शुक्रबार

कोलोराडो विशेष/अमेरिका

कोलोराडोखबर डटकमको प्रथम बार्षिकोत्सव भब्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोखबर डटकमको प्रथम बार्षिकोत्सव भब्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोबाट संचालित कोलोराडोखबर डटकमको प्रथम बार्षिकोत्सव भब्यताका साथ सम्पन्न भएको छ । संयुक्त राज्य अमेरिकासहित विभिन्न देशमा बसोवास गर्दै आएका नेपाली भाषीहरुलाई नेपालसँग जोडी राख्न, नेपाली भाषा, साहित्य, संस्कृति रीतिरिवाजलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लैजाने र सत्यतथ्य समाचार तथा उपयोगी विचारलाई विभिन्न माध्यममा पस्कन यो अनलाइन पोर्टन सञ्चालन भएको हो । आइतबार फेब्रुअरी २ मा नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रम वेष्टमिनिष्टर सिटीका मेयर Nancy McNally को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा कोलोराडो र कोलोराडो बाहिर रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी, पत्रकार तथा नेपाली भाषी बाआमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई रूद्राक्षको माला...
कोलोराडोखबर  डटकमको एकवर्षे यात्राः उपलब्धी र आगामी गन्तव्य

कोलोराडोखबर डटकमको एकवर्षे यात्राः उपलब्धी र आगामी गन्तव्य

कोलोराडो । अमेरिकाको कोलोराडोबाट सञ्चालित यस कोलोराडोखबर डटकमले आफ्नो यात्राको एक खुड्किलो पार गरेको छ । अर्थात हाम्रो यात्रा एक वर्ष पूरा भई दोस्रो वर्षमा प्रवेश गरेको औपचारिक रुपमा उद्घोष गर्न पाउँदा हामी गौरवान्बित भएका छौं । अमेरिकाको कोलोराडो सेक्रेटरी अफ स्टेटमा दर्ता भई कोलोराडो खबर कम्पनीले १० नोभेम्बर २०२३ बाटै कोलोराडोखबर डटकम सञ्चालन गरेको यहाँहरुलाई अवगत नै छ । यधपी हामी फेब्रुअरी २ तारिक आइतबारका दिन पहिलो वार्षिकोत्सव मनाएर यहाँहरु समक्ष खुशी साट्न लागिरहेको यो क्षण हाम्रो सम्पूर्ण टीम खुशीले गद्गद् भएका छौं । हाम्रो त्यतिधेरै ठूलो लक्ष्य र उद्देश्य त छैन । तर पनि संयुक्त राज्य अमेरिकासहित विभिन्न देशमा बसोवास गर्दै आउनु भएका नेपाली भाषीहरुलाई नेपालसँग जोडी राख्न, नेपाली भाषा, साहित्य, संस्कृति रीतिरिवाललाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लैजाने र सत्यतथ्य समाचार तथा उपयोगी ...
तमु प्ये ल्हु अमेरिकाको आयोजनमा बोल्डरमा ‘माँ ङि त्हे’ कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

तमु प्ये ल्हु अमेरिकाको आयोजनमा बोल्डरमा ‘माँ ङि त्हे’ कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । तमु जातिको मौलिक संस्कार सँस्कृति, परम्परा, भाषा, भेषभुषा तथा ऐतिहासिक संरचना तथा पृष्ठभूमिको संरक्षण, सम्बर्धन तथा प्रवर्धनको लागि जन्मदेखि मृत्यु सम्मका संस्कार र परम्परा तथा प्राचिन पौराणिक जातिया सांस्कृतिका धनी, तमु (गुरूङ) जातीको आफ्नै रितिरिवाज, चाड पर्ब सम्बन्धि आफ्नै बिशिष्ट परम्परा अझैसम्म जीवित छन् । तमु जातीको पुर्खौली धर्म, बोन धर्म अनुसार माघे संक्रान्ती (माँ ङिँ त्हे) पनि एक महत्वपूर्ण चाड पर्व मध्यमा पर्दछ । माँ ङिँ तमुहरुको परम माता हुनुहुन्छ भने यस दिन वहांको नाममा पुजा(त्हे) गरेर आफ्ना चेलीबेटीहरुलाई माना चामल दिने (सि म्हन पिँब) र माया सद्भाव बाड्ने चलन रहिआएको छ । यसै अवसरमा तमु प्ये ल्हु अमेरिकाद्वारा बोल्डरमा आयोजित कार्यक्रमलाई दुई चरणमा बिभाजन गरिएको थियो, औपचारिक कार्यक्रम संस्था अध्यक्ष तथा कार्यक्रमका सभापति चक्र ब क्रोम्छे तमु, संस्था उप प्रमुख स...
कोलोराडोमा फेब्रुअरी १५ मा सरस्वती पूजा कार्यक्रम हुने

कोलोराडोमा फेब्रुअरी १५ मा सरस्वती पूजा कार्यक्रम हुने

कोलोराडो । अनेसास कोलोराडो शाखा र नेपाली घरद्वारा संयुक्त रुपमा सरस्वती पूजा तथा भजन किर्तन कार्यक्रम हुने भएको छ । फेब्रुअरी १५, शनिबारका दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म नेपाली घरमा कार्यक्रम संचालन हुने अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले जानकारी दिनु भयो । कार्यक्रममा नेपाली भाषा पाठशालाका विधार्थी, शिक्षक तथा स्वयम्सेवकहरुको सहभागिता रहने र बालबालिकाहरुद्वारा नै सञ्चालन गरिने र बालबालिकाहरको मात्र प्रस्तुती रहने जनाएको छ ।...
प्रवासी नेपालीहरुले बोस्टनमा माघे सङ्क्रान्ति भव्यताका साथ मनाए  (फोटो फिचरसहित)

प्रवासी नेपालीहरुले बोस्टनमा माघे सङ्क्रान्ति भव्यताका साथ मनाए (फोटो फिचरसहित)

-सुरेन्द्र नापित (बोस्टन, अमेरिका) । अमेरिकाको बोस्टनमा प्रवासी नेपालीहरुले नेपालीको विशेष चाड माघे सङ्क्राति भव्यताका साथ मनाएका छन् । गत जनवरी १३ तारिख, सोमबारका दिन विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी माघे सङ्क्राति मनाएका हुन् । मगर संघ, अमेरिकाको बोस्टन च्याप्टरले माघे सङ्क्रान्तिको अवसर पारेर “माघे सङ्क्रान्ति–२०२५” कार्यक्रमको आयोजना गरेको थियो । प्रवासमा रहेका मगर जातिहरु एकताबद्ध हुने, आफ्नो भाषा, भेष भुषा, मौलिक कला, संस्कृति, परम्परा आदिको जगेर्ना गर्न योगदान पुर्याउने र आपसमा दुस्ख सुख बाड्दै “माघे सङ्क्रान्ति” मनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । "जहाँ रहे पनि जहाँ बसे पनि, नभुलौं हाम्रो मातृभूमिलाई, जोगाइ राखौं युगौ युग, हाम्रो मौलिक कला, भाषा र संस्कृतिलाई...” भन्ने नाराका साथ मनाइएको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ । संघको बोस...
नियमित रुपमा रक्तदान गरौं अभियान अन्तरगत कोलोराडोमा ११ जनाद्वारा रक्तदान (फोटो फिचरसहित)

नियमित रुपमा रक्तदान गरौं अभियान अन्तरगत कोलोराडोमा ११ जनाद्वारा रक्तदान (फोटो फिचरसहित)

-बाशुदेव खनाल (कोलोराडो, अमेरिका) । नियमित रुपमा रक्तदान गरौं र जीवनदान गरौं भन्ने मान्यतालाई मनन गर्दै कोलोराडोमा January 12 मा सम्पन्न रक्तदान कार्यक्रम मार्फत ११ जनाले रक्तदान गर्नु भएको छ । ब्लड डोनर्स अफ, अमेरिका कोलोराडो र रिभाईभ मेडिकल वेलनेस https://www.revivemedicalwellness.net/ को संयुक्त आयोजनामा Vitalant Blood Donation Center, Westminster, Colorado मा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा रक्तदाताहरुको संख्या ११ रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष तथा रीभाईभ मेडिकल वेलनेस https://www.revivemedicalwellness.net/ का मेडिकल डाइरेक्टर डा. शारदा त्रिपाठीले जानकारी दिनु भयो । यसरी स्वतस्फुर्त नियमित रुपमा रक्तदान गर्नेहरु मध्ये टीका पौडेलले ३७ औं पटक रक्तदान गर्नु भएको थियो । त्यस्तै अन्य रक्तदान गर्नेहरुमा श्रीराम लुईंटेल, बिनिता वाग्ले, अन...
कोलोराडोमा सर्वोच्च शिखर सगरमाथा आरोही शेर्पाहरु सम्मानित (फोटो फिचरसहित)

कोलोराडोमा सर्वोच्च शिखर सगरमाथा आरोही शेर्पाहरु सम्मानित (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । शेर्पा दिवसको उपलक्ष्यमा कोलोराडोमा एक समारोह बिच विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने शेर्पाहरु सम्मानित भएका छन् । शेर्पा संघ कोलोराडो र गैर आवासीय नेपाली संघ अमेरिका कोलोराडो च्याप्टरको संयूक्त आयोजना संम्पन्न कार्यक्रममा उनीहरूलाइ सम्मानित गरिएको हो । सन् २०२२ जनवरी ५ मा, कोलोराडो राज्यका गभर्नर जरेड पोलिसले एउटा ऐतिहासिक घोषणा गर्दै, हरेक बर्षको जनवरी ५ को दिनलाई कोलोराडोमा शेर्पा दिवसको रूपमा आधिकारिक मान्यता दिएका थिए । यस बिशेष घोषणा कोलोराडो राज्यमा बसोबास गर्ने सगरमाथा र अन्य हिमाल आरोही शेर्पा समुदायको उल्लेखनीय योगदान, उनीहरूको दृढता, साहस, र प्रेरणादायी भूमिकालाई विश्वव्यापी रूपमा सम्मान गर्ने उद्देश्यले गरिएको थियो । यसै ऐतिहासिक उपलब्धिलाई स्मरण गर्दै शेर्पा संघ कोलोराडो र गैर आवासीय नेपाली संघ अमेरिकाको कोलोराडो च्याप्टरले एक विशे...
बोल्डरमा बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ तमु ल्होछार मनाइयो (फोटो फिचरसहित)

बोल्डरमा बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ तमु ल्होछार मनाइयो (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । तमु ल्होछारको अवसरमा कोलोराडो निवासी तमुहरुले बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ नयांबर्षको शुभकामना आदान प्रदान गर्दै ल्होछार सम्पन्न गरेका छन् । तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले आफ्नो संस्कृती परम्परा अनुसार गिद्ध बर्गलाई बिदागर्दै सर्प बर्गलाई स्वागत गरेका हुन् । तमु धी कोलोराडोका उपाध्यक्ष पुष्पा गुरुङको अध्यक्षतामा बोल्डर नगरमा संम्पन्न कार्यक्रम संस्थापक अध्यक्ष अरुण गुरुङ र हरीशोभा गुरुङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको सुरुमा नेपाली, अमेरिकी र गुरुङ राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसाही, पत्रकार तथा नेपाली भाषी बाआमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा लगाई सम्मान गरिएको थियो ...
तमु प्ये ल्हु संघको आयोजनामा कोलोराडोमा सप्ह्री ल्होसार कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु प्ये ल्हु संघको आयोजनामा कोलोराडोमा सप्ह्री ल्होसार कार्यक्रम भव्यताका साथ सम्पन्न

कोलोराडो । तमु प्ये ल्हु संघ अमेरिकाको आयोजनामा सोमबार सप्ह्री ल्होसार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सप्ह्री ल्होसार कार्यक्रम Mayor, City of Boulder र Boulder Commissioner of Boulder County को क्रमशः प्रमुख र बिशेष आतिथ्यामा भब्य र शब्यरुपमा सम्पन्न भएको हो । ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ’ भन्ने भनाईलाई आत्मसात गर्दै तमु प्ये ल्हु संघ अमेरिकाले धुमधामसँग तमुहरुको महान पर्व सप्ह्री ल्होसार मनाएको हो । सोमबार बिहानदेखि शुरु भएको ल्होसार पर्वमा छ्योपा त्हें, यसै संस्थाका निबर्तमान अध्यक्ष तथा खेगि बिभागका प्रमुख टोउ क्रोम्छे तमु, अध्यक्ष चक्र ब. क्रोम्छे तमु तथा सन्चालक समितिका सदस्य केशबहादुर ल्हेगे तमु, चन्द्र ल्हेगे तमुहरुको विशेष सक्रियतामा सम्पन्न गर्नु भएको थियो । खेगि बिभागका प्रमुख तथा संस्थापक...
अनेसास अमेरिका मोन्टाना शाखामा नयाँ नेतृत्व चयन

अनेसास अमेरिका मोन्टाना शाखामा नयाँ नेतृत्व चयन

अमेरिका । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिका मोन्टाना शाखामा नयाँ नेतृत्व चयन भएको छ । उक्त शाखाको अध्यक्षमा कल्याणी भण्डारी, उपाध्यक्षमा समिर गौतम, सचिवमा प्रकृति बराल र कोषाध्यक्षमा तुलसी अर्याल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रकाश वहु, मोनिका पराजुली, प्रविना भट्टराई, पुस्कर जोशी र सुजन देवकोटा तथा सल्लाहकारमा डा. निरञ्जल अर्याल चयन भएका छन् ।...