कोलोराडोमा योमरी पुन्ही कार्यक्रम आयोजना हुँदै
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । योमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले आगामी आइतबार एक कार्यक्रम आयोजना गरी योमरी पुन्ही मनाउने भएका छन् ।
कोलोराडो नेवाः खलःले आयोजना गर्ने योमरी पुन्ही कार्यक्रममा बाल बालिकाहरु सहभागी गराई कार्यक्रम स्थलमानै योमरी बनाउन सिकाई, उपस्थित सबैलाई तातो तातो योमरी बितरण गरी योमरी पुन्ही मनाउने कार्यक्रम रहेको नेवा खःलका अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् ।
नेपाली सांस्कृतीक केन्द्र नेपाली घरमा आगामी डिसेम्वर १५ तारिक आईतबार दिउँसो १ बजेदेखी ४ बजेसम्म आयोजना हुने योमरी पुन्ही कार्यक्रममा सहभागी हुन रजिष्ट्रेसन शुल्क सहयोग स्वरुप प्रतिब्यक्त्ती १० डलर राखिएको छ भने, १० बर्ष मुनिका बाल बालिकाहरुलाइ ५ डलर राखिएको छ ।
अनलाइन रजिष्ट्रेशन खुलिसकेको हुनाले कार्यक्रममा सहभागी हुन इच्छुक सबै महानुभावहरुलाइ रजिष्ट्रेशन गरिदिनुहुन अध्यक्ष श्र...









