६ चैत्र २०८२, शुक्रबार

कोलोराडो विशेष/अमेरिका

तीनवटा क्लब एकीकृत गरी बनाइयो ‘कोलोराडो नेपाल युथ क्लब’

तीनवटा क्लब एकीकृत गरी बनाइयो ‘कोलोराडो नेपाल युथ क्लब’

कोलोराडो । कोलोराडोस्थित नेपाली समुदायमा क्रिकेट खेललाई थप प्रतिस्पर्धात्मक बनाउन रकी माउन्टेन क्रिकेट क्लब, कोलोराडो राइनोज र अरोरा एभरेष्ट क्रिकेट क्लब अब संयुक्त रूपमा ‘कोलोराडो नेपाल युथ क्लब’ (CNYC) बनाइएको छ । नयाँ गठन गरिएको टोलीले कोलोराडो क्रिकेट लिगमा प्रतिस्पर्धा गर्नेछ । निरोज दाहाललाई कप्तान, सामयोग दाहाललाई उपकप्तान तथा मुकेश झालाई टोली संयोजकको जिम्मेवारी दिइएको छ । उत्कृष्ट खेलाडी छनोटका लागि सुशील दाहाल, उत्सव पन्त, निरोज दाहाल र मुकेश झा सम्मिलित छनोट समिति पनि गठन गरिएको जनाइएको छ । टोलीले स्थानीय व्यवसायी तथा उद्यमीहरूलाई प्रायोजनका लागि आह्वान गरेको छ।...
कोलोराडोस्थित नेपाली घरद्वारा दाता सम्मान कार्यक्रम आयोजना हुँदै

कोलोराडोस्थित नेपाली घरद्वारा दाता सम्मान कार्यक्रम आयोजना हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोस्थित नेपाली समुदायको साझा संस्था नेपाली घरले आगामी मार्च २८ तारिख शनिबारको दिनदाता सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली घर समुदायकै भर भन्ने अभियान लिएर अगाडी बढिरहेको संस्थाको दीर्घकालीन विकास तथा विविध गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण दाताहरूप्रति कृतज्ञता प्रकट गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको कुरा नेपाली घरका वरिष्ठ उपाध्यक्ष गंगा चौलागाईंले जानकारी दिएका छन् । नेपाली घरले विगतदेखि नै समुदायमा सामाजिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यस यात्रामा दाताहरूको अमूल्य योगदान रहेको संस्थाले उल्लेख गरेको छ । यही योगदानप्रति सम्मान व्यक्त गर्दै, आगामी दिनहरूमा अझ सशक्त सहकार्यको आधार निर्माण गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपाली घरको यो यात्रामा, यहाँसम्म आइपु...
कोलोराडोमा अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । गैरआवासीय नेपाली संघ (NRNA) NCC USA को आयोजनामा, NRNA Colorado Chapter को संयोजनमा, Nepali Women Thrive को सहकार्य तथा Sisters Group को सहयोगमा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम कोलोराडोमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा कोलोराडोमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा कोलोराडोवासी नेपालीभाषी आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संस्थाकी महिला उपाध्यक्ष NAMUNA GAIRE को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा City of Westminster की Mayor Claire Carmelia ले प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनु भएको थियो । त्यस्तै Colorado State House of Representatives District 33 का Kenny Nguyen विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। यसैगरी NRNA NCC USA का Youth Vice President प्रकाश पौडेल तथा General Secretary RC Panta को पनि विशेष आतिथ्यता रह...
कोलोराडोस्थित नेपाली संस्कृतिक केन्द्रमा उल्लेख्य सहभागिताका साथ होली सम्पन्न

कोलोराडोस्थित नेपाली संस्कृतिक केन्द्रमा उल्लेख्य सहभागिताका साथ होली सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषीले बसन्त ऋतुको आगमनसंगै आपसी मेलमीलाप , सद्भाब संगै असत्य माथी सत्यको विजय भएको खुसीयालीमा मनाईने होली एक आपसमा रंग दली हर्सोउल्लासका साथ मनाएका छन् । नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजना तथा यहां स्थित सबै संघ संस्थाहरुको सहभागीतामा आइतबार दिउसो १ बजे देखी सांझ ५ बजे सम्म नेपाली सांस्कृतीक केन्द्रमा आयोजित कार्यक्रममा होलीको शुभकामना साटासाट गर्दै आपसमा रंग दली उनीहरुले होली मनाएका हुन् । कार्यक्रमको शुरुमा पंण्डीत जिवन बराल गुरुले बिधिबत पुजा सम्पन्न गरी होलीको महत्व प्रकास पार्नु भएकौ थियो । त्यसपछि उहाले सबैलाई प्रसाद लगाई दिएपछी एक आपसमा रंग लगाउने कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा कोलोराडोमा कृयासिल संघ संस्थाका प्रतिनिधी, भ्वाइस अफ नेपाल कार्यक्रमका प्रश्तोता शुसील नेपाल, गन्यमान्य, व्यवसायी, कलाकार, पत्रकार...
कोलोराडोको डेनभरमा रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न

कोलोराडोको डेनभरमा रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । रक्तदान जिवनदान भन्ने मुख्य नारालाइ आत्मा साथ गर्दै कोलोराडोको डेनभरमा रक्तदान कार्यक्रम सफलता पूर्वक भएको छ। Blood Donors of America (BDA) को कोलोराडो च्याप्टरद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम डेनभर, कोलोराडोस्थित Vitalant Blood Donation – Denver (717 Yosemite St, Denver, CO) मा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम Nepali Ghar र Vitalant को सहकार्यमा आयोजना गरिएको थियो । कार्यक्रममा १६ जनाले रक्तदानका लागि नाम दर्ता गराएका थिए । ती मध्ये ४ जना अनुपस्थित भएको र प्राविधिक कारणवश सामिका ड्रिस्कोल र बसन्त लाम्सालले रक्तदान गर्न नसके पनि १२ जना दाताहरूले सफलतापूर्वक रक्तदान गरेका हुन् । यसरी रक्तदान गर्नेहरूमा Michael Drisscol,Nawaraj Maraseni, Bikash Bhandari, Tika Paudel, Nurhari Pokhrel, Bishnu Raj Ghimire, Bidya K.C., Fanindra Chhetri, Eric Ro...
कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई सफल पार्न स्पोन्सर ग्रहण गरी सहयोग गर्न अनुरोध

कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई सफल पार्न स्पोन्सर ग्रहण गरी सहयोग गर्न अनुरोध

कोलोराडो । आगामी मे २२ देखि २४ सम्म अमेरिकाको कोलोराडोमा हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्न स्पोन्सर ग्रहण गरी सहयोग गर्न अनुरोध गरिएको छ । अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले ५००० डलरको डाइमण्ड, ३००० डलरको प्लाटिनम, २००० डलरको गोल्ड, १००० डलरको सिल्भर र ५०० डलरको ब्रञ्च मध्ये कुनै एक स्पोन्सर ग्रहण गरी सहयोग गरिदिन अनुरोध गरेका छन् । अनेसास केन्द्रीय समितिको आयोजना र कोलोराडो शाखाको संयोजनमा नवौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा सन् २०२६ को मे २२–२४ सम्म आयोजना गरिने लागेको केन्द्रीय महासचिव राजु सिटौलाले जनाएका छन् । सम्मेलनको तयारीको शिलशिलामा अनेसासको केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । उक्त उपसमितिको सदस्यहरुमा रमेश गुरुङ, वासुदेव खनाल, प्रकाश पौडेल, राज ढुङ्गाना, जगदीश...
कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्रमा मार्च १ मा होली खेलिने

कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्रमा मार्च १ मा होली खेलिने

-नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषी समुदायले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप, ऐक्यबद्धता र सद्भाब अभिबृद्धि गर्दै भावी पुस्तालाई संस्कृती सीकाउने उद्धेश्यले फागु पुर्णिमाको अवसरमा होली खेल्ने भएका छन् । नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आगामी मार्च १ तारिक आइतबारका दिन दिउसो १ बजे देखी ४ बजे सम्म नेपाली सांस्कृतीक केन्द्र नेपाली घरमा होली खेल्ने कार्यक्रम रहेको नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् । कोलोराडो स्थित सबै संस्थाका प्रतिधिनि, गन्यमान्य, बुद्धीजिवी, ब्यवसायी, पत्रकार, नेपालीभाषी बुबा आमा, दाजुभाई, दिदी बहिनी तथा नेपाल र नेपाली संस्कृती प्रती आस्था र चासो राख्ने स्थानीय सबैलाई स— परिवार कार्यक्रममा उपस्थित भई होली खेल्ने कार्यक्रममा सहभागी भईदिनुहुन संस्थाका वरिष्ठ उपाध्यक्ष गंगा चौलागाइले अनुरोध गरेका छन् । एक आपसमा रंगदली भल...
कोलोराडोमा महाशिवरात्रीको अवसरमा भजन कृतन तथा प्रवचन कार्यक्रम सम्पन्न

कोलोराडोमा महाशिवरात्रीको अवसरमा भजन कृतन तथा प्रवचन कार्यक्रम सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । महाशिवरात्रीको पावन अवशरमा कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा भजन कृतन, प्रवचन तथा आरतीसंगै आरध्यदेव शिवको आरधान गर्दै भब्यताका साथ महाशिवरात्री पर्व मनाइएको छ । भगवान शिवको महिमालाई स्मरण , भक्ति, श्रद्धा , आध्यात्मिक ऊर्जा साटासाट तथा भजन कृतन, प्रवचन र आरती सहित सम्पूर्ण श्रद्धालु भक्तजनहरूले शिवरात्री पर्व मनाएका हुन् । नेपाली घरको आयोजना तथा कोलोराडोस्थित बिभिन्न संघ संस्था तथा दाताहरूको सहयोगमा आइतवार दिउँसो ४ बजेदेखी राती ८ बजे सम्म कार्यक्रम आयोजनामा गरिएको हो । कार्यक्रममा शिवको भजन तथा कीर्तन, दीप प्रज्वलन , आरती तथा प्रसाद वितरण कार्यक्रम गरिएको थियो । नेपाली घरका रिसोर्स तथा फेसिलिटी अफिसर पुस्कर बस्नेतको संयोजनमा नेपालीभाषी समुदायको आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रममा पंण्डित जिवन बर...
फिने अमेरिकाको आयोजनामा आर्थिक अवसरका बिषयमा मिट एण्ड ग्रिट

फिने अमेरिकाको आयोजनामा आर्थिक अवसरका बिषयमा मिट एण्ड ग्रिट

अमेरिका । युवा ब्यवसायीहरुको साँझा संस्था फिने अमेरिकाको आयोजनामा अमेरिकामा आर्थिक अवसर तथा ब्यवसायका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न भएको छ । भक्ती फाईनान्स गु्रपका प्रमुख गगन केसीको प्रशिक्षण फाइनान्सीयल अपरचुनिटी सेमिनायार कार्यक्रम सम्पन्न भएको हो । जनवरी ३१ शनिबारका दिन अमेरिकाको टेक्सस बेडफोर्डमा आयोजना गरिएको सेमिनारमा भक्ती फाईनान्स गु्रपका प्रमुख गगन केसीले अमेरिका कुन कुन तरिकाले आर्थिक स्वतन्त्रता पाउन सकिन्छ र के के गर्नु जरुरी हुन्छ भन्ने बिषयमा कार्यपत्र। प्रस्तुत गरेका थिए । कार्यक्रम डालस फोर्टवर्थका युवा ब्यवसायीहरुको सहभागीता रहेको थियो । फिने अमेरिकाका अध्यक्ष सवीन्द्र थापाले यस खालका कार्यक्रमले उद्यम गर्न चाहाने सबैमा उत्प्रेरणा थपिने बताए । फिने अमेरिकाले उद्योग ब्यवसाय सुरु गर्न चाहाने तथा ब्यवसाय गरिरहेका ब्यवसायीहरुलाई नेटवर्किङ गर्ने र परामर्श दिने गर्दै आएको छ ...
कोलोराडोमा सरस्वती पूजासंगै बाल प्रतिभा प्रस्तुती सम्पन्न

कोलोराडोमा सरस्वती पूजासंगै बाल प्रतिभा प्रस्तुती सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली भाषा, साहित्य, कला तथा संस्कृती जोगाई राख्ने उद्धेश्यले आयोजना गरिएको सरस्वती पूजा तथा बाल बालिकाहरुको प्रतिभा प्रश्तुती कोलोराडोमा शनिबार सम्पन्न भयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर, नेपाली भाषा पाठशालाको आयोजनामा बसन्त पञ्चमीको अवसर पारेर बिद्याकी देबी सरस्वतीको पूजा आरधाना संगै भाषा पाठशालाका छात्र छात्राहरुको प्रतिभा प्रश्तुती समारोह सम्पन्न गरिएको हो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवी कवयत्री, साना बाल बालिका, बाल कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा बालिकाहरुका अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपाल र अमेरीकाको राष्टियगान बजाएर शुरूगरीएको कार्यक्रमा भाषा पाठशालाका गुरुहरु तथा बाल बालिकाका अभिभावकले बिधिबत सरस्वती पुजा गर्दै कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा उपस्थित संम्पू...