१५ माघ २०८२, बिहीबार

कोलोराडो विशेष/अमेरिका

कोलोराडोमा सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

कोलोराडोमा सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

-हेम गिरी (अरोरा, कोलोराडो) । नेपाली भाषा तथा संस्कृति संरक्षणको प्रयासमा सक्रिय रहेको कोलोराडोको नेपाली भाषी भूटानी समुदायले जनवरी २४ मा बसन्त पञ्चमीको अवसरमा सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कोलोराडोबाट सञ्चालन भइरहेको नेपाली कक्षा र कोलोराडो भजन समूहको संयुक्त आयोजनामा अरोराको म्याङ्गो हाउसमा आयोजित यस कार्यक्रममा स्थानीयहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य आकर्षण सरस्वती पूजासँगै नेपाली कक्षाका विद्यार्थीहरूको नृत्य प्रस्तुति रहेको थियो । विद्यार्थीहरूले प्रस्तुत गरेको परम्परागत नेपाली नृत्यले दर्शकहरूलाई मोहित बनाएको थियो । यसका साथै, कार्यक्रममा विभिन्न अतिथिहरूले नेपाली भाषा, संस्कृति र समुदायको महत्वबारे मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता धराणी ढकालले गरेका थिए । प्रमुख अतिथिका रूपमा किरात कल्चरल कम्युनिटी कोलोराडोका अध्यक्ष स...
नेपाली साँस्कृतिक केन्द्र (नेपाली घर) लाई मैनाली परिवारबाट ३१ हजार १ सय डलर आर्थिक सहयोग

नेपाली साँस्कृतिक केन्द्र (नेपाली घर) लाई मैनाली परिवारबाट ३१ हजार १ सय डलर आर्थिक सहयोग

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली भाषी समुदायको आस्थाको धरोहर नेपाली साँस्कृतिक केन्द्र नेपाली घरलाइ कोलोराडो स्थित डेनभर निवासी मैनाली परिवारले ३१ हजार १ सय डलर आथिर्क सहयोग प्रदान गरेका छन् । उच्च विचार, सदाचार र सामाजिक उत्तरदायित्वका प्रतीक प्रेम मैनाली तथा उहाँको धर्मपत्नी रन्जु शर्माले नेपाली घरका पदाधिकारीहरूलाइ घरमै बोलाएर नेपाली घरको दीर्घकालीन उन्नति, स्थायित्व र प्रगतिका लागि भन्दै गत वर्ष उनले २ हजार ४ सय डलर सहयोग गरेका मैनालीले १२ हजार डलरको चेक हस्तान्तरण गरी बाँकी १६ हजार ७ सय डलर छिट्टै उपलब्ध गराइ सहयोग रकम ३१ हजार १ सय डलर पुर्याउने प्रतिबद्धता गरेका हुन् । यस योगदान केवल आर्थिक सहयोग मात्र नभई नेपाली समुदायप्रतिको गहिरो माया, सामाजिक सेवाप्रतिको दृढ प्रतिबद्धता र भावी पुस्ताका लागि सुरक्षित, समुन्नत तथा सशक्त नेपाली घर निर्माण गर्ने उहाँहरूको दूरदर्शी सो...
माघे संक्रान्तिको अवसरमा कोलोराडोमा तमु समुदायका तीन महिला सम्मानित

माघे संक्रान्तिको अवसरमा कोलोराडोमा तमु समुदायका तीन महिला सम्मानित

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी तमुहरूले माघे संक्रान्तिको अवसरमा एक कार्यक्रम आयोजनागरी समुदायमा अमुल्य योगदान पुर्याएका तीनजना महिला अग्रजहरूलाइ सम्मान गरेको छ । तमु प्ये ल्हु संघ अमेरीकाको आयोजनामा एक समारोह बिच उनिहरूलाइ सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरूमा बिभाग प्रमुख पार्वती गुरूङ, सन् १९९६ को एटलान्टा ओलम्पिकमा स्विमिङ विधामा नेपाल प्रतिनिधित्व गर्ने खेलाडी निस्मा र गुरुङ चलचित्र नायिका मोहिनी गुरुङ रहेको रहेका छन् । उनिहरूलाइ तमु संस्कृति अनुसार क्रमु ओडाई सम्मान गरिएको तमु प्ये ल्हु संघ अमेरीकाको उपाध्यक्ष सन्तोष क्रोम्छे तमु बताएका छन् । तमु प्ये ल्हु संघ अमेरीकाको अध्यक्ष चक्रबहादुर गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष ढकबहादुर ल्हेगे तमु स्वागत तथा शुभकामना मन्तब्य दिएका थिए । संस्थाका बुद्दिजिवि मिन बहादुर क्रोम्छ तमुबा...
NRNA कोलोराडोद्वारा धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनाको लागी सहयोग

NRNA कोलोराडोद्वारा धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनाको लागी सहयोग

कोलोराडो । धनकुटा जिल्लाको ११२ वर्ष पुरानो जिल्ला अस्पतालमा 🩸 रक्त सञ्चार केन्द्र (Blood Bank) स्थापना गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाको अगुवाइमा, जिल्ला अस्पताल तथा गैरआवासीय नेपाली संघ (NRNA) को सहकार्यमा जोडिँदै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिका कोलोराडो च्याप्टरद्वारा सहयोग संकलन कार्यक्रम सञ्चालन गरिएको छ । उक्त सहयोग संकलन कार्यक्रममार्फत कुल USD $1,454 रकम संकलन गरिएको छ । संकलित रकम नेपाली रुपैयाँ रु. २०८,९२८.२९/- मिति: January 19, 2026 (वि.सं. २०८२ माघ ६ गते) नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाको माछापुच्छ्रे बैंक लिमिटेडको खाता नं. 0200008892100014 मा जम्मा गरिएको छ । सहयोग संकलनमा NRNA NCC USA कोलोराडो च्याप्टर मार्फत USD $886 र Sherpa Association of Colorado मार्फत USD $568 रकम संकलन भएको हो । धनकुटा जिल्ला अस्पतालमा रक्त...
कोलोराडोमा मगर संस्कृति झल्कने माघे संक्रान्ति बिशेष कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा मगर संस्कृति झल्कने माघे संक्रान्ति बिशेष कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा माघेसक्रान्तिको अवसरमा मगर संस्कृती झल्कने माघे संक्रान्ति बिशेष कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा यही जनवरी १७ तारिक शनिवारका दिन विविध मगर संस्कृति झल्किने कार्यक्रम गर्दै माघे संक्रान्ति पर्व मनाएका हुन् । वेस्टमिनिस्टर स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा मगर संस्कृति अन्तर्गत पर्ने सालैजो, लाईभ कौडा, मारुनि लगायतका मौलिक सांस्कृतिक तथा परिकारहरु बटुक, तरुल, सेलरोटी साथै मगरी भेषभुषाको प्रस्तुति रहेको थियो । जहाँ रहे पनि जहाँ बसे पनि, नभुलौ मातृभुमिलाई जोगाई राखौ युगौ युग कला र संस्कृतिलाई भन्ने मुल नाराका साथ मगर समुदायको मौलिक संस्कृति, भाषा र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा समुदायका अगुवा, स्थानिय संघ संस्थाका प्रतिनिधी, कलाकार तथा स्थानिय नेपालीभाषी सम...
कोलोराडोको ब्रुमफिल्ड सिटी र ललितपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

कोलोराडोको ब्रुमफिल्ड सिटी र ललितपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोको ब्रुमफिल्ड सिटी र नेपालको ललितपुर महानगरपालिका बिच भगीनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले औपचारिक रूपमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र ब्रुमफिल सिटी मेयर गाइलिन क्याट्रिवटाले एक समारोह बिच भिगनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले औपचारिक रूपमा हस्ताक्षर गरेर सम्बन्ध शुरू गरेका हुन् । ब्रुमफिल्ड सिटी काउन्सिल चेम्बर्समा कला सांस्कृतिक र प्रविधी आदान–प्रदान, आपसी सहयोग, सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइ दुवै सिटीका मियरहरूले साझेदारीको पत्रमा हस्ताक्षर गरेका हुन् । जनवरी १२, २०२६ मा सम्पन्न कार्यक्रममा ब्रुमफिल सिटीका पदाधिकारी, ललितपुर महानगरपालिका वडा नं १३ का गणेश केसी, नेपाली धावकद्वय टेन्डिङ शेर्पा,र मिरा राइ तथा कोलोराडोमा रहेका नेपाली समुदायका सदस्य, संघ संस्थाका पदाधिकारी, समाजस...
एनआरएनए कोलोराडो च्याप्टरको संयुक्त बैठकबाट तीनजना पूर्व अध्यक्षहरु सल्लाहकार चयन

एनआरएनए कोलोराडो च्याप्टरको संयुक्त बैठकबाट तीनजना पूर्व अध्यक्षहरु सल्लाहकार चयन

कोलोराडो । गैरआवासीय नेपाली संघ (NRNA) अमेरिका, कोलोराडो च्याप्टरको एकता तथा पद हस्तान्तरणपछि आयोजित संयुक्त प्रत्यक्ष (In-person) बैठक जनवरी ११ तारिखका दिन Westminster स्थित नेपाली घरमा सफलतापूर्वक सम्पन्न भएको छ। बैठकमा कोलोराडो च्याप्टरको सांगठनिक सुदृढीकरण, भावी कार्यदिशा, समुदायसँगको सहकार्य तथा आपसी समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । उक्त बैठकले कोलोराडो च्याप्टरका तीन जना पूर्व अध्यक्षहरूलाई सल्लाहकारका रूपमा मनोनयन गर्ने निर्णय गरेको छ। मनोनित सल्लाहकारहरूमा च्याप्टरका संस्थापक अध्यक्ष वासुदेव खनाल, पूर्वअध्यक्ष रामचन्द्र पन्त तथा निवर्तमान अध्यक्ष प्रकाश पौडेल रहनु भएको छ । उहाँहरूको अनुभव, योगदान तथा मार्गदर्शनले च्याप्टरको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ । च्याप्टरका अध्यक्षद्वय निमा शेर्पा र चन्द्र गुरुङल...
कोलोराडोमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई स्वागत

कोलोराडोमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई स्वागत

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । ललितपुर महानगरपालिका चिरीबाबु महर्जनलाइ कोलोराडो निवासी नेवाः समुदायले एक कार्यक्रमको आयोजना गरि स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । ललितपुर महानगरगालिकाका र अमेरीकाको कोलोराडो स्थित City of Bromfield बिच हून गईरहेको Sister City Singing गर्नका लागि कोलोराडो आइ पुगेका ललितपुर महानगरगालिकाका मेयर चिरीबाबु महर्जनलाइ नेवाः समुदायले एक कार्यक्रमको आयोजना गरि स्वागत तथा भेटघाट गरेका हुन् । कोलोराडो नेवाः खलःको आयोजनामा सम्पन्न स्वागत तथा भेटघाट कार्यक्रममा ललितपुर महानगरपालिकाका वडा नम्बर १३ का अध्यक्ष गणेश केसी, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ नेवाः खलका पदाधिकारी तथा कोलोराडोमा सकृय नेपाली सघ संस्थाका प्रतिनिधी लगायतका महानुभावहरूको उपस्थिती रहेको थियो । नेवाःखलः मिसा कवःका संयोजक रमिता तुलाधरले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गरेकी ...
ग्लोबल भुटानीस कम्युनिटी कोलोराडोको वार्षिक समीक्षा तथा स्पोन्सर प्रशंसा कार्यक्रम सम्पन्न

ग्लोबल भुटानीस कम्युनिटी कोलोराडोको वार्षिक समीक्षा तथा स्पोन्सर प्रशंसा कार्यक्रम सम्पन्न

-डेनभर, कोलोराडो । कोलोराडोमा बसोबास गर्ने नेपाली भाषी भुटानी समुदायको अग्रणी तथा सक्रिय संस्था ग्लोबल भुटानीस कम्युनिटी कोलोराडो (जीबीसीसी) ले आफ्नो Annual Review & Sponsors Appreciation Event अत्यन्त उत्साहजनक र भव्य रूपमा सम्पन्न गरेको छ । यो कार्यक्रमले सन् २०२५ का उपलब्धिहरूलाई गर्वका साथ समीक्षा गर्दै आगामी तीन वर्ष (२०२६–२०२८) को लागि स्पष्ट, महत्वाकांक्षी र योजनाबद्ध रोडम्याप प्रस्तुत गरेको छ । संस्थाका सचिव मणि खालिंग राईले संचालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष चूड़ामणि बरालले गरेका थिए भने उपाध्यक्ष भीम राई ‘क्षितिज’ ले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाको स्थापनाकालदेखि हालसम्मको यात्रा, चुनौती र सफलताको भावुक समीक्षा गरिएको थियो । संस्थाका चार प्रमुख संयोजकहरूले सन् २०२५ का उपलब्धिहरूको विस्तृत प्रस्तुति दिनुका साथै आगामी वर्षहरूका लागि प्रेरणादा...
कोलोराडोको डेनभरमा फेब्रुअरी २८ मा विशेष रक्तदान कार्यक्रम आयोजना हुने

कोलोराडोको डेनभरमा फेब्रुअरी २८ मा विशेष रक्तदान कार्यक्रम आयोजना हुने

कोलोराडो । अमेरिकन हार्ट मन्थको अवसर पारेर कोलोराडोको डेनभरमा विशेष रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ब्लड डोनर्स अफ अमेरिका (बीडीए) का उपाध्यक्ष टीका पौडेलका अनुसार बीडीए, नेपाली घर तथा भाइटाल्यान्टको संयुक्त आयोजनामा आगामी शनिवार, फेब्रुअरी २८ का दिन रक्तदान कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रम बिहान १०:०० बजेदेखि दिउँसो १:१५ बजेसम्म डेनभरस्थित 717 YOSEMITE ST, DENVER, CO मा हुनेछ । आयोजक संस्थाहरूले रक्तदानजस्तो मानवीय कार्यमा सहभागिता जनाई समाजसेवामा योगदान दिन कोलोराडोवासी नेपाली तथा अन्य समुदायका सदस्यहरूलाई अपिल गरेका छन् । ...