२९ असार २०८३, सोमबार

क्रिसमस पर्व विश्वभर हर्षोल्लासपूर्वक मनाईंदै

कोलोराडोखबर संवाददाता , December 25th, 2024

नेपाल । इसाई धर्मावलम्बीले यसवर्ष पनि डिसेम्बर २५ सोमबारका दिन क्रिसमस डे मनाउँदैछन् ।

अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।

‘ख्रिष्टमस’ पनि भनिने यो दिनमायेशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ।

क्रिसमसका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । अमेरिका, युरोप लगायत क्रिश्चियनहरुको बाहुल्य रहेका देशहरुमा विशेष हर्षोल्लासका साथ क्रिसमस पर्व मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्