नेपाल (हेटौंडा) । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले मंगलबार र बुधबार क्रिसमसका अवसरमा बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिका क्षेत्रमा इसाई धर्मावलम्बीहरूको उल्लेख्य वास भएको भन्दै क्रिसमसको महत्त्वलाई ध्यानमा राखी सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
बिदाका दिन गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी निकाय, र शिक्षण संस्थाहरू बन्द रहनेछन् ।
यसअघि पनि राक्सिराङ गाउँपालिकाले क्रिसमसको अवसरमा तीन दिनसम्म बिदा दिएको थियो । यसपटक भने दुई दिनको बिदा घोषणा गरिएको हो ।
नेपाल सरकारले पनि डिसेम्बर २५ (क्रिसमस) का दिन बुधबार सार्वजनिक बिदा दिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्