नेपाल । जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप गएराति ११ बजे दुर्घटनामा परेको थियो ।
जीपमा चालक सहित सवार सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरी थप उपचारका लागि नगर अस्पताल दल्ली पुर्याए पनि सातमध्ये पाँच जनालाई डाक्टरले मृत घोषणा गरेका थिए ।
मृत्यु हुनेमा नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय चालक इन्द्रजित थापा, सोही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्