४ श्रावण २०८३, सोमबार

शुक्रबार पितृका नाममा पशुपतिनाथमा बत्ती बालिंदै

कोलोराडोखबर संवाददाता , November 29th, 2024

नेपाल । शुक्रबार मार्गशीर्ष कृष्ण त्रयोदशी । पशुपतिनाथमा पितृका नाममा बत्ती बाल्ने दिन ।

श्रद्धालुले पशुपतिनाथ वरपरका भागमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बस्ने गर्छन् । भोलिपल्ट (चतुर्दशी) बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ। यसरी बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने विश्वास छ।

मातापिता दिवंगत भएको एक वर्ष नपुगेकासहित वर्षदिन पुगिसकेकाले बत्ती बाल्ने शतबीज रोपण गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्