४ श्रावण २०८३, सोमबार

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे अनुमोदित

कोलोराडोखबर संवाददाता , November 9th, 2024

नेपाल । संसदीय सुनुवाई समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकबाट सर्वोच्च अदालतका लागि प्रश्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन भएको छ ।

योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिए ।

संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्