नेपाल । शुक्रबार बिहानै नेपालमा दुःखद घटना घटेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा शुक्रबार बिहान तीन बजे माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रुहरू हुन् ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको हो ।
घाइतेमध्ये गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका वर्षका राजबहादुर गुरुङसहित ४ जनाको मृतयु भएको प्रहरीको भनाई छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्