२७ असार २०८३, शनिबार

कोप-२९ मा भाग लिन राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान प्रस्थान गर्ने

कोलोराडोखबर संवाददाता , November 6th, 2024

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार अजरबैजान प्रस्थान गर्ने भएका छन् ।

राष्ट्रपति पौडेल बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप २९) मा भाग लिन जान लागेका हुन् ।

राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्