२८ असार २०८३, आईतवार

डिभी भर्ने समय २ दिन थपियो

कोलोराडोखबर संवाददाता , November 5th, 2024

अमेरिका । काठमाडौंस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा–२०२६ को लागि आवेदन दिने म्याद दुई दिन थप गरेको छ ।

राजदूतावासका अनुसार म्याद थप भएसँगै २०२४ नोभेम्बर ७ सम्म डिभी लोटरीका लागि आवेदन दिन सकिने छ । यसअघि नोभेम्बर ५ तारिकसम्म मात्रै डाइभर्सिटी भिसा कार्यक्रमको लागि समय तोकिएको थियो ।

गत असोज १६ गतेबाट डिभी लोटरी खुलेको थियो । यसपटक भरेकाहरुको डिभी लोटरीको नतिजा सन् २०२५ को मे ३ मा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्