४ श्रावण २०८३, सोमबार

शुरु भयो तिहारः बुधबार कागको पूजा गरिंदै

कोलोराडोखबर संवाददाता , October 30th, 2024

नेपाल । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व बुधबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्