५ श्रावण २०८३, मंगलवार

आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गरौंः शेखर कोइराला

कोलोराडोखबर संवाददाता , October 28th, 2024

नेपाल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम छ भन्नुभयो ।

निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताउँदै राजनीतिक स्थायित्वका निम्ति दुई दलीय सरकार बनेको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्