नेपाल । मुस्ताङमा लेक लागेर एक अमेरिकीसहित तीन पर्यटकको मृत्यु भएको छ ।
मुक्तिनाथ दर्शन गर्न आएका एक जना अमेरिकन, एक भारतीय र एक जना नेपाली पर्यटक गरी तीन जनाको लेक लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार गोरखा घ भई काठमाडौं नागार्जुन नगरपालिका—१ बस्ने ७० वर्षीय कुलनारायण जोशीको लेक लागेर मृत्यु भएको हो ।
त्यस्तै अमेरिकन नागरिक ६३ वर्षीय मिलो गोल्डसेजर (पासपोर्ट नं. ए ४७०६४९५९) नाम गरेका पर्यटकको लेक लागेर मृत्यु भयो ।
यस्तै मुक्तिनाथ दर्शन गर्न आएकी भारत महाराष्ट्र मुम्बई, अधेरी वेष्ट वर्सोवा पिन ४०००६१ घर भएकी ६९ वर्षीया शारदा महादेव लगडे नाम गरेकी भारतीय महिला पर्यटकको मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा लेक लागेर मृत्यु भएको बुझिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्