नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनबाट पनि काँग्रेसलाई सके बहुमत नसके ठूलो दल बनाउनु पर्ने बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको बुधबार पोखरामा उद्घाटन गर्दै उनले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका हुन् ।
नेपाल आदिवासी, जनजाति, दलितलगायतको साझा देश भएको उल्लेख गर्दै सभापति देउवाले सबैलाई एकसाथ समेटेर लैजानुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्