२८ असार २०८३, आईतवार

अमेरिकामा अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

कोलोराडोखबर संवाददाता , October 24th, 2024

अमेरिका । अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागबीच भेटवार्ता भएको छ ।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा अमेरिकामा उक्त भेट भएको हो ।

उक्त भेटघाटमा एसियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको थियो । पौडेलले नेपालको विकास–निर्मााणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उनले आभार व्यक्त गरे ।

यसैगरी, पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्