नेपाल । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रतिपक्षी दलका नेताहरूले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
राष्ट्रपति पौडेलसँग प्रतिपक्षी दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिन आफूहरू आएको बताउँदै उनीहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
नेताहरूले संविधानको मर्मविपरीत र बहुलवादमा आधारित मर्मविपरीतका क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरे ।
राष्ट्रपति पौडेलसँगको भेटमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, रास्वपाबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपाबाट नेता बुद्धिमान तामाङ र हेमजंग गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आमजनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्