२८ असार २०८३, आईतवार

बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीको विधान अधिवेशन पोखरामा हुँदै

कोलोराडोखबर संवाददाता , October 21st, 2024

नेपाल । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशन पोखरामा हुने भएको छ ।

अधिबेशन यही कात्तिक ५ र ६ गते पोखरामा हुने भएको हो ।

अधिवेशनले पार्टीको विधान र घोषणापत्र पारित गर्ने उनले बताए । अधिवेशनमा देशभरबाट चार सय भन्दा बढी प्रतिनिधि सहभागी हुने बताइन्छ ।

अधिवेशनमा भट्टराईले पार्टीको विधान र राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्