५ श्रावण २०८३, मंगलवार

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

कोलोराडोखबर संवाददाता , October 21st, 2024

नेपाल । सहकारी ठगीको आरोपमा गत शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

आइतबार अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला अदालत कास्कीले शुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा पुर्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्