नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ ।
कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सभापति पक्राउप्रति घोर भर्त्सना गरेको जनाएका छन् ।
न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको समेत उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्