११ श्रावण २०८३, सोमबार

एमालेले थाल्यो मंसिर १६ गते हुने लागेको उपनिर्वाचनको तयारी

कोलोराडोखबर संवाददाता , October 15th, 2024

नेपाल । नेकपा एमालेले मंसिर १६ गते हुने लागेको उपनिर्वाचनका लागि कात्तिक २२ गतेसम्म उम्मेदवार सिफारिश गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा आलीको अध्यक्षतामा बिहीवार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले दिनुभएको जानकारी अनुसार मंसिर १६ को स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारसहित कात्तिक २२ सम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्