६ श्रावण २०८३, बुधबार

दशैंको छैटौं दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

कोलोराडोखबर संवाददाता , October 8th, 2024

नेपाल । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन मंगलबार दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्