१२ श्रावण २०८३, मंगलवार

अखिल क्रान्तिकारीको निर्वाचन मंसिर २३ र २४ गते हुने

कोलोराडोखबर संवाददाता , October 6th, 2024

नेपाल । नेकपा माओवादी केन्द्र निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन मंसिर २३ र २३ गते हुने भएको छ ।

अध्यक्ष मण्डलको बैठकले उमेर हद विवादले रोकिएको अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रक्रिया मंसिरमा गर्ने निर्णय गरेको हो ।

उमेर हद विवादमा फसेपछि पार्टीले हस्तक्षेप गरेर सम्मेलन रोकेको थियो ।

उमेर हदको पक्ष विपक्षमा प्रतिनिधिहरूले सम्मेलनस्थलमा नाराबाजी र तोडफोड गरेपछि राष्ट्रिय सम्मेलन स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्