६ श्रावण २०८३, बुधबार

पत्रकार महासंघको निर्वाचनको नयाँ मिति तोकियो, अब मंसिर २८ गते

कोलोराडोखबर संवाददाता , October 6th, 2024

नेपाल । नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति तोकिएको छ । यसअघि पटकपटक तोकिएर स्थगित हुँदै आएको निर्वाचन अब मंसिर २८ गते हुने तय भएको छ ।

भक्तपुरको बोडेस्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा शनिबार भएको प्रदेश र जिल्ला अध्यक्षहरुको भेलाले बिधानले दिएको अन्तिम अधिकार प्रयाग गर्दै मंसीर २८ गतेका लागि निर्वाचन मिति तोकेको हो ।

नेपाल पत्रकार महासंघकी कार्यबहाक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा बसेको अध्यक्षहरुको भेलाले सदस्यता सम्बन्धी बिवादको बिषयमा पनि ठोश निर्णय गरेको छ ।

भेलाले जिल्ला र प्रदेश समितिबाट सर्वसम्मत निर्णय भएका सदस्यता कायम गर्ने निर्णय गरेको छ ।

सरोकारवाला पक्षसँगको परामर्श र सल्लाहकारलाई नबालाई गरिएको एक पक्षीय निर्णयको कारण उत्पन्न बिवादको हकमा केन्द्र, प्रदेश र जिल्ला अध्यक्षले सरोकारवाला पक्ष र सल्लाहकारसँग छलफल गरेर शुद्धिकरण मापदण्डअनुसार टुंगो लगाउने निर्णय गरेको बैठकमा सहभागी अध्यक्षहरुले जनाएका छन ।

भेलामा केन्द्रीय समितिको तर्फबाट पूर्वअध्यक्ष डा. सुरेश आचार्यले मंसीर ७ गतेका लागि निर्वाचन मिति प्रस्तुत गर्नुभएको थियो भने अध्यक्षहरुले पर सार्नुपर्ने बताएका थिए । दुबै पक्षको सहमति मंसिर २८ गतेनिर्वाचन गर्नेमा जुटेको हो ।

भेलाका ४ बुँदे निर्णय

१। शाखाको कार्य समितिले निर्णय गरि सर्वसम्मत टुङ्गो लगाएर प्रदेशमा पठाएका र प्रदेशले सर्वसम्मत थप गरि पास गरेका सदस्यता कायम गर्ने । (जिल्लाले पठाएको तर प्रदेशले हटाएको नामहरुमा जिल्लालाई नै कायम गर्ने)

२। विवाद भएका शाखाहकमा केन्द्र, प्रदेशका प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले टुङ्गो लगाउने ।

३। सदस्यता सम्बन्धि सबै विवाद कार्तिक मसान्तसम्म टुङ्गो लगाईसक्ने ।

४। मंसिर २८ गते महासंघका सबै संरचनाको निर्वाचन गर्ने ।

प्रतिक्रिया दिनुहोस्