नेपाल । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेको ज्ञण् दिन पछि एक लाख धरौटीमा रिहा भएका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलद्वारा विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दामा थुनछेक बहसमा ५०–५० हजार रुपैयाँ धरौटी माग गरेएको हो ।
प्रहरीको साइबर ब्युरोले प्रसाईलाई असोज ६ मा भक्तपुर स्थित उनकै घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको छ ।
प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध एक जना महिलाको चरित्रहत्या गरेको आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्