६ श्रावण २०८३, बुधबार

बाढीपहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग करिब पाँच घण्टापछि सुचारु

कोलोराडोखबर संवाददाता , October 1st, 2024

नेपाल । बाढीपहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग करिब पाँच घण्टापछि एकातर्फी खुलेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ मा पर्ने परेवा भिरमा खसेको पहिरोका कारण सोमबार साँझ करिब साढे सात बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जसले गर्दा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागी आएका सयौँ सवारीका साधनहरूमा यात्रा गर्ने हजारौँ यात्रु सडकमा नै रोकिएको थियो।

इलाका प्रहरी गजुरीका प्रमुख डिल्लीनारायण पाण्डेले सडक निकै जोखिम भएकोले रातको समयमा यात्रा गर्दा निकै सजग हुन सवारी चालकहरूलाई अनुरोध गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्