११ श्रावण २०८३, सोमबार

ओली अमेरिकाबाट फर्के लगत्तै एमालेले सचिवालय बैठक बोलायो

कोलोराडोखबर संवाददाता , October 1st, 2024

नेपाल । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अमेरिकाबाट फर्किएपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो । बैठक मंगलबार बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने छ ।

प्रतिक्रिया दिनुहोस्