३ श्रावण २०८३, आईतवार

नेपाली काँग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित

कोलोराडोखबर संवाददाता , September 26th, 2024

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित गरेका छन् ।

मनोनित भएका सदस्यहरुमा महेश श्रेष्ठ (भक्तपुर), सुरेन्द्रप्रसाद यादव (सप्तरी), शान्तिकला तामाङ राई (इलाम), तिलक गिरी (झापा), हरिशकुमार कार्की (जाजरकोट), दिनेश कटुवाल (उदयपुर), रामकुमारी चौधरी (कैलाली), मुकुन्द गौतम (दाङ), नरबहादुर नेपाली (रूकुम पश्चिम) र दामोदर शर्मा (पर्वत) रहेका छन् ।

तारामान गुरुङ प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जनालाई सदस्यमा मनोनित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्