न्यूयोर्क । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने शिलशिलामा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाली समुदायसँग हुने भनिएको कार्यक्रम रद्द गरिएको छ ।
नेपालमा भएको पछिल्लो घटनाक्रमपछि सुरक्षाकर्मीले दिएको निर्देशन अनुसार आइतबार साँझका लागि तय भएको नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रद्द गरिएको बुझिएको छ ।
अमेरिकास्थित रास्वपा र काठमाडौंका मेयर बालेन शाहका समर्थकहरुले ओलीको आलोचना गर्दै विरोध प्रदर्शनको तयारी गरेपछि कार्यक्रम रद्द गर्नु परेको आयोजकहरुले उल्लेख गरेका छन् ।
उता रास्वपाका सभापति रवि लामिछानेमाथि अनावश्यक आरोपको रास्वपा नेपाली सम्पर्क समिति कोलोराडोले पनि घोर भत्सर्ना गर्दै विज्ञप्ति निकालेको छ ।
सहकारी ठगी सम्बन्धी छानबीन गठन गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्न भन्दै रास्वपाका सभापति लागिछानेलाई पक्राउ गर्न खोजेपछि रास्वपाले यसलाई राजनीतिक षड्यन्त्र गरी फसाउन खोजेको प्रतिक्रिया दिएको छ ।
गोर्खा मिडियाका सञ्चालक रविका पार्टनर छबिलाल जोशीलाई पनि आइतबार प्रहरीले पक्राउ गरिसकेको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्