नेपाल । नेपाली कांग्रेस र नेकपा एमालेको सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।
कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधबार साँझ सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सम्बन्धी प्रतिवेदन बुझाएको हो ।
कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रवक्ता डा. प्रकाशशरण महत थिए भने एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका थिए ।
कार्यक्रम बुझाएपछि गगन थापाले अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारिएको बताए ।
प्रतिक्रिया दिनुहोस्