३० कार्तिक २०८२, आईतवार

पूर्वगृहमन्त्री खाण सात महिनापछि थुनामुक्त, ४५ लाख धरौटी !

कोलोराडोखबर संवाददाता , December 16th, 2023

नेपाल । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण सात महिना पछि शुक्रबार थुनामुक्त भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँण सात महिनापछि जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख धरौटी बुझाएर रिहा भएका हुन्।

जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै करोडौँ ठगी प्रकरणमा खाणलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध पुनरावलोकन निवेदन लिएर गएकाहरूमध्ये उच्च अदालतले खाणसहित ११ जनालाई थुनामुक्त गर्ने आदेश दिएको छ भने ९ जनालाई थुनामै पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्