नेपाल । कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसका नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति नै रहेको बताएका छन् ।
सहकारी ठगीमा आफ्ना उपसभापति धनराज गुरुङमाथि छानबिन हुनुपर्ने कुरा उठेपछि महामन्त्री थापाले उक्त कुरा बताएका हुन् । बताएका छन् ।
उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ थियो ।
गुरुङ स्वयंले सदनमा जस्तोसुकै छानबिनको सामना गर्न तयार रहेको बताइसकेको अवस्थामा अनुसन्धानमा ढिला गर्न नहुने थापाले उल्लेख गरे ।
गुरुङ र उनकी पूर्वपत्नी ज्योतीले करिब १८ करोड ठगी गरेको भन्दै ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारी संस्थाका पदाधिकारीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्