१८ कार्तिक २०८१, आईतवार

घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै पूर्व मुख्यमन्त्री कार्की अनशनमा

कोलोराडोखबर संवाददाता , September 11th, 2024

नेपाल । प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा मंगलबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन शुरू गरेका छन् । कार्कीले प्रदेश सभा सचिवालयको गेट अगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिर नजिक अनशन सुरु गरेका हुन् ।

कार्कीको अनशनलाई रोक्नका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी अनशन बसेका हुन् ।

उनले गत आइतबार प्रदेश सभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घन्टे ध्यानाकर्षण पत्र पठाएका थिए । उनले आफ्नो माग पूरा नभएसम्म अनशनबाट पछि नहट्ने उनले बताएका छन् ।

उनी आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशन बसेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्