नेपाल । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार पदबाट राजीनामा दिनुभएको छ । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाउनुभएको हो ।
महासंघको निर्वाचन दुई पटक तोकिए पनि हुन नसकेको अवस्थामा अध्यक्ष पोखरेलले पुनः कार्यतालिका ल्याउन नसकेको, सदस्यता विवाद मिलाउन नसकेको अवस्थामा उहाँले राजीनामा दिनुभएको हो ।
पोखरेलले महासंघको अहिलेको अवस्थाप्रति नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।
महासंघले आउँदो असोज ५ गते केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै दिन तोकेको छ, तर पछिल्लो अन्यौलताले महासंघको निर्वाचन अनिश्चित बनेको छ ।
प्रतिक्रिया दिनुहोस्