८ माघ २०८१, मंगलवार

लुम्बिनी प्रदेश सांसद केसी जेलमा, २०४८ सालको फैसला कार्यान्वयन !

कोलोराडोखबर संवाददाता , September 9th, 2024

नेपाल । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी जेल गएका छन् ।

फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् ।

सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन ।

केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिईन् । सो मुद्दामा उनी दोषी ठहर भएका थिए ।

नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्