८ माघ २०८१, मंगलवार

काँग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयनमा शंका नगरौंः गृहमन्त्री लेखक

कोलोराडोखबर संवाददाता , September 8th, 2024

नेपाल । गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।

गृहजिल्ला कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले संसदका दुई ठूला दलबीच सहमति भएर नयाँ समीकरण बनेको उनले बताए ।

यस्तै गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै मन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिए । दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्